इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा लिभरपुल

अनलाइन दर्पण 2016-10-02
img

असोज १६।(एजेन्सी) स्वान्सी सिटीलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले स्वान्सी सिटीलाई २–१ ले हराएको हो। जितसँगै लिभरपुलले टोटनह्यामलाई पछि पार्दै दोस्रो स्थान सुरक्षित गर्‍यो। लिभरपुरको जितका लागि जेम्स मिल्नर र रोबर्टो फिरमिनोले एक एक गोल गरेका थिए। स्वान्सीका लागि लिरोय फेरले एक गोल गरेका थिए।

खेलको आठौं मिनेटमा फेरले गोल गर्दै स्वान्सीलाई सुरुवाति अग्रता दिलाए। पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि फिरमिनोले ५४ औं मिनेटमा बराबरी गोल फर्काए । संघर्षपूर्ण खेलमा ८४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मिल्नरले सदुपयोग गर्दै लिभरपुललाई २–१ को जित दिलाए।

गएरातिको जितसँगै लिभरपुलको जारी लिगमा सात खेलबाट १६ अंक सहित दोस्रो स्थानमा छ। यस्तै एक खेल बढी खेलेको म्यानचेस्टर सिटीको १८ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट १४ अंक पाएको टोटनह्याम तेस्रो स्थानमा छ।

सम्बन्धित समाचार

Advertisement