त्रिभुवन आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

अनलाइन दर्पण 2017-01-04
img

हेटौंडा , २० पुस। त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी प्रतियोगिताअन्तर्गत् बुधबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा संकटा क्लबको चुनौती २-० गोलअन्तरले पन्छाउँदै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

आर्मीको जितमा नेपालका चर्चित फुटबल स्ट्राइकर नवयुग श्रेष्ठ र दीप लामाले गोल गरेका थिए । खेलको ४० औं मिनेटमा आर्मीका समुन अर्यालले प्रहार गरेको फ्रिकिकमा फिल्क हेडिङ गर्दै नवयुगले खाता खोलेका थिए ।

खेलमा आर्मीका मिडफिल्डर सन्तोष तामाङ एएफयु म्यान अफ दी म्याच घोषित भए । उनले नगद तीनहजार रुपियाँसहित ट्रफि समेत प्राप्त गरेका थिए ।

हेटौंडा-१० स्थित वनविज्ञान खेलमैदानमा जारी खेलपश्चात् पोष्टम्यान कन्फेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफ्नो खेलाडीहरुको खेलबाट सन्तुष्ट नभएको बताएका छन् ।

 

Related Post

Advertisement