अर्जेन्टिनाको समर्थनमा नेपालमा मोटरसाइकल र्‍याली

अनलाइन दर्पण 2018-06-13
img

काठमाडौं । विश्वकप २०१८ बिहिबारबाट शुरु हुँदै छ । अहिले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको रौनक बढेको छ ।

नेपालमा पनि विश्वकपको माहोल तातीरहेको छ । फुटबल प्रेमीहरु आफूले समर्थन गरेको जर्सी लगाए हिड्न थालेका छन् ।

यसैक्रममा फुटबल प्रेमीहरुले धादिङमा र्‍याली नै निकालेका छन् । धादिङका फुटबल प्रेमीहरुले अर्जेन्टिना जर्सी लगाएर मोटरसाइकल र्‍याली निकालेका छन् ।

उनीहरुले मेसीको टिम अर्जेन्टिनालाई समर्थन गर्दै मोटरसाइकल र्‍याली निकालेका हुन् ।

मंगलबार साँझ ५ बजे ससाहबाटबाट शुरु भएको र्‍याली पुच्छार बजार बिच बजार हुँदै शहर परिक्रमा गरेको छ । र्यालीमा समर्थकहरुले अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका थिए ।

सम्बन्धित समाचार

Advertisement