विश्वकप २०१८ ‘क्लोजिङ सेरेमनी’ : हलिउडका स्टार्सले दिँदैछन् ‘धमाकेदार’ प्रस्तुति

अनलाइन दर्पण 2018-07-15
img

फ्रान्स र क्रोएशियाले आज मस्कोको लुजिन्हकी स्टेडियममा फिफा विश्वकप २०१८ को ‘हाइभोल्टेज’ फाइनल म्याच खेल्दैछन् । विश्वकपको ‘क्लोजिङ सेरेमनी’मा हलिवुडका स्टार्सहरुको धमाकेदार कार्यक्रम देख्न सकिने छ । हलिवुड अभिनेता–¥यापर विल स्मिथ, अमेरिकी गायक निकी जाम र ईरा इस्त्रेफीले त्यसक्रममा आ–आफ्नो प्रस्तुति दिनेछन् । 


गाइने छ ‘लिव इट अप’


यी तीनै चर्चित हस्ती मिलेर एक गीत तयार गरेका छन् । जसको नाम हो ‘लिव इट अप’ । विल स्मिथले भनेका छन्,‘विश्वकपमा उपस्थित भएर आफ्नो प्रस्तुति दिन पाउनु पनि एउटा सम्मानको कुरा हो । यस प्रतियोगिताका कारण विश्वभरका मानिसहरु भावनात्मक रुपमा एकजुट भएर संगै हाँस्दै खुसियाली मनाउँछन् । ’ स्मिथले भने,‘ हामी यो गीतबाट संसारभरका मानिसहरु एकसाथ जुर्मुराएको हेर्न चाहन्छौं । यो गीतको निर्माण ग्रामी पुरस्कार विजेता डिप्लोले गरेका हुन । मैले यसप्रकार अन्तर्राष्ट्रिय स्तरमा गीत निर्माण गरेको थिइन । यो गीतलाई शानदार बनाउन कयौं स्टार्सहरु एकसाथ आएका छन् । ’


ओपनिङ सेरेमनीमा भएको थियो विवाद


विश्वकप २०१८ को ओपनिङ सेरेमनी कलाकारका कारण विवादमा आएको थियो । एक महिनाअघि भएको उद्घाटन सत्रमा प्रस्तुति दिने ब्रिटिश गायक राबी विलियम्सले आफ्नो माझी औंला देखाएका थिए । यस घटनालाई लिएर तिब्र रोश प्रकट गरियो । पछि विलियम्सले सफाइ दिँदै आफूले काउन्टडाउनका लागि यस्तो गरेको बताएका थिए । तर केही मानिसहरुले उनले भने उनले कमेन्टेटर्सलाइ जानीबुझी यस्तो इशारा गरेको आरोप लगाएका थिए । विलियम्सले रुसमा प्रस्तुति दिँदै थिए र रुसको पश्चिमाहरुसँग राम्रो सम्बन्ध छैन । अझ विशेष गरेर ब्रिटेनसँग ।

सम्बन्धित समाचार

Advertisement