रमिला बस्नेत , उदयपुर।
नेपाली अन्तर्राष्ट्रिय महिला ह्यान्डबल खेलाडी रञ्जना राईकाे पटियालाबाट प्रशिक्षकको डिप्लोमा कोर्ष पुरा भएको छ। उनले सन २००८ देखि उदयपुर ह्यान्डबल एकेडेमीमा वरिष्ठ प्रशिक्षक पर्वत गुरुङ द्वारा खेल तालिम लिएकी थिईन।
सन् २०१० को दशक देखि लामो नेपाली ह्यान्डबलको नेतृत्व गर्दै अाएकी रञ्जना उदयपुर चाैदण्डिगढि नगरपालिकाकी बासिन्दा हुन्। उनले श्रि ज्याेति नमुना उ.मा.वि बेल्टारबाट ब्याचलर गरेकि थिईन भने हाल पटियालबाट प्रशिक्षककाे डिप्लोमा गरेकि हुन।
विवाहपछि खेल छाड्ने महिलाहरु नेपालमा धेरै छन तर विवाह पछि पनि देशकाे नाम उच्च राख्न संघर्षरत रहेकि रञ्जनाले हालसम्म ८,९ अाेटा अन्तर्राष्ट्रिय खेल खेलिसकेकि रञ्जनाले यश अघि रेफ्रिकाे समेत भुमिका निभाएकि थिईन ।
ह्यान्डबल खेलबाट नेपालकाे शिर उच्च राखेकि रञ्जनाले २०७४ मा रास्ट्रिय,अन्तर्राष्ट्रिय वार्षिक वेस्ट प्लेयर पनि हात पारेकि थिइन्।
डिप्लोमा कोर्ष पूरा भएपछि रञ्जना भन्छिन केही समय अघिसम्म सक्रिय खेलाडी रहेका कारण त्यो अनुभब प्रशिक्षक जिवनमा उपयोगी हुने बिश्वास छ , र हिम्मत नहारि निरन्तर अथक प्रयास गरे पक्कै सफल भईन्छ।
रञ्जनासंगै हक्कीकी विमला भट्ट, भारोत्तोलनका सुबास उपाध्याय र क्रिकेटका अनील अधीकारीका साथमा भलीबलका उत्सब खड्का र मोहन चन्दले कोर्ष पुरा गरेका हुन् ।