टोटनहृयामले हरायो म्यानचेष्टर सिटीलाई

अनलाइन दर्पण 2016-10-02
img

काठमाडौं, १६ असोज । इंग्लिस प्रिमियर लिगमा  शानदार सुरुवात गरेको म्यानचेष्टर सिटीलाई टोटनहृयामले  आज भएको खेलमा  २-० ले हराएको  छ । आजको खेलको हार संगै  सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । उसको शतप्रतिशत जितमा भने सेल्टिकले धक्का दिएको थियो । च्याम्पियन्स लिगमा सेल्टिकले ३-३ को बराबरीमा रोकेको थियो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले उपहार गोलमार्फत अग्रता लिएको थियो । कोलरोभले नवौं मिनेटमा आत्मघाती गोल गरे । खेलको ३७ औं मिनेटमा अलीले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा सिटीले खेलमा र्फकने प्रयास गरेपनि सफल भएन । र, पेप ग्वार्डिओला प्रशिक्षक भएपछि पहिलो हार व्यहारेको छ ।

Related Post

Advertisement