सिटी र लिभरपुलले सुनौलो गुमाए अवसर

अनलाइन दर्पण 2017-03-19
img

काठमाडौं, ७ चैत ।  म्यानचेस्टर सिटी र लिभरपुल इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा हारबाट झण्डै जोगिएका छन् । तर दुवै टिमले जित भने निकाल्न सकेनन् ।  म्यानचेस्टर सिटी र लिभरपुलले १–१ को बराबरी खेलेका छन् । 

सिटीको मैदानमा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी मार्फत लिभरपुलका लागि गोल गरे । ६९ औं मिनेटमा सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए । 
अग्युरोले इतिहाद रंगशालामा भएको लिभरपुलसँगका पछिल्ला पाँच प्रिमियर लिग खेलमा गोल गरेका छन् । बराबरीपछि म्यानचेस्टर सिटीले दोस्रो स्थानको टोटनह्यामसँग अंक बराबरी गर्ने मौका गुमायो । यस्तै लिभरपुलले सिटीलाई पछि पार्ने अवसर खेर फाल्यो ।  तेस्रो स्थानको सिटीको २८ खेलबाट ५७ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल ५६ अंकसहित चौथो स्थानमा छ । त्यसअघि आइतबार बेलुका भएको खेलमा मिडल्सबर्गलाई ३–१ ले हराएको म्यानचेस्टर युनाइटेड २७ खेलबाट ५२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।  

सम्बन्धित समाचार

Advertisement