दोस्रो उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधी भक्तपुर नगरपालिकालाई

अनलाइन दर्पण 2019-09-18
img

भक्तपुर । दोस्रो उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधी भक्तपुर नगरपालिका डोजोले उचालेको छ । विद्या आर्जन डोजोको आयोजनामा भएको कराते तथा किक बक्सिङ प्रतियोगितामा भक्तपुर नगरपालिका डोजोको ६ वटा स्वर्ण सहित प्रथम भएको छ भने थिमी डोजो ३ स्वर्ण सहित दोस्रो भएको छ भने भक्तपुर मेन डोजो ३ नै स्वर्ण सहित तेस्रो भएको छ ।

खेलमा महिला तर्फ २० केजी देखि ६० केजी र खुल्ला र पुरुष तर्फ पनि २० केजी देखि ६० केजी सम्म र खुल्ला तर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो । यसका साथै खेलमा विद्यालय तर्फ भने उमेर समूह अन्तर्गतको उपाधी हिम शिखर स्कुलले उचालेको छ ।
 

छात्रा तर्फ ७ बर्ष देखि १२ बर्ष सम्म र छात्र तर्फको ६ बर्ष देखि १२ बर्ष सम्मका विद्यार्थीहरु विच भएको खेलमा विद्यालय तर्फ टिम प्रथम हिमशिखर स्कुल भएको थियो भने टिम द्दितिय विद्या आर्जन स्कुल भएको थियो । यस्तै उक्त प्रतियोगितामा तृत्तिय भने समता शिक्षा निकेतन भएको थियो ।
 

उमेर समुह अन्तर्गत भएका खेलमा छात्र तर्फ ७ बर्ष देखि १२ सम्मका खेलाडी सहभागी रहेका थिए भने छात्रा तर्फ भने ६ बर्ष देखि १२ बर्ष सम्मका खेलाडी सहभागी रहेका थिए ।
यस्तै खेलमा महिला किक बक्सिङमा ४५ केजी र ५० केजी पुरुषमा ४५, ५० ५५ केजी खेल खेलाईएको थियो ।

खेलमा ४१ वटा स्वर्ण पदकका लागि खेल भएको खेलका संयोजक सूर्य लामाले जानकारी दिए ।
यस्तै खेलको समापन कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले खेलको विकास जव सम्म नेपालमा हुन् सक्दैन तव सम्म हाम्रो विकास नहुने बताएका थिए । उनले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने नारालाई नारामा मात्र नभएर ब्यवहारमा पनि उतार्नु पर्ने बताएका थिए ।

उमेर समूहको उपाधी हिमशिखर स्कुललाई

भक्तपुरमा आयोजित कराते तथा किक बक्सिङ प्रतियोगितामा उमेर समूह अन्तर्गतको उपाधी हिम शिखर स्कुलले उचालेको छ ।
छात्रा तर्फ ७ बर्ष देखि १२ बर्ष सम्म र छात्र तर्फको ६ बर्ष देखि १२ बर्ष सम्मका विद्यार्थीहरु विच भएको खेलमा विद्यालय तर्फ टिम प्रथम हिमशिखर स्कुल भएको थियो भने टिम द्दितिय विद्या आर्जन स्कुल भएको थियो । यस्तै उक्त प्रतियोगितामा त्रित्तिय भने समता शिक्षा निकेतन भएको छ ।

विद्यालय स्तरिय प्रतियोगितामा

छात्रा तर्फ

७ बर्ष उमेर समूहमा
स्वर्ण सुप्रिना ठिके
कास्य सुवि श्रेष्ठ
रजत लुनिभा श्रेष्ठ र मुस्कान ठाकुर

८ बर्ष उमेर समूहमा
स्वर्ण आस्भा श्रेष्ठ
कास्य सानेने कायष्ठ
रजत रेजिना कोजु र स्लेरा घेमसु

९ बर्ष उमेर समूहमा
स्वर्ण कृतिका लामा
कास्य रिसिता साँगाछे
रजत अन्जु श्रेष्ठ र सुलिना थामी

१० बर्ष उमेर समूहमा
स्वर्ण रेजिना बासुकला
कास्य जरिना श्रेष्ठ
रजत सेलोन कायष्ठ

११ बर्ष उमेर समूहमा
स्वर्ण निरु दुवाल
कास्य स्मृती कोजु
रजत अन्जु माक र समिक्षा लामा

१२ बर्ष उमेर समूहमा
स्वर्ण सोनु तामाङ
कास्य प्रास्ति मानन्धर
रजत रेजिका बासुकला र दिलास्ता बज्राचार्य

छात्र तर्फको खेलमा

६ बर्ष उमेर समूहमा
स्वर्ण रेम्वो तामाङ
कास्य सोनाम लामा
रजत एरिस प्रजापति र शौगात लामिछाने

७ बर्ष उमेर समूहमा
स्वर्ण लयुर मोत्तान
कास्य सलिम सिजख्व
रजत सुस्जन गिरी र लक्ष्मण कार्की

८ बर्ष उमेर समूहमा
स्वर्ण अविसेक थापामगर
कास्य विकास तामाङ
रजत सन्दिप मगर

९ बर्ष उमेर समूहमा
स्वर्ण स्पन्धन तामाङ
कास्य देवराज पाण्डे
रजत लछु तामाङ र सन्नी सापकोटा

१० बर्ष उमेर समूहमा
स्वर्ण पुसन अवाल
कास्य सुजित ढकाल
रजत अभिनास तामाङ र आकास लम्साल

११ बर्ष उमेर समूहमा
स्वर्ण शुसिल लामा
कास्य विनोद तामाङ
रजत अमित कुमार थिङ र अविन कर्माचार्य

१२ बर्ष उमेर समूहमा
स्वर्ण दिपेश स्याङतान
कास्य निरज माझी
रजत रोहित कपाली र विवेक माझी रहेका थिए ।

भक्तपुर, काठमाडौं , ललितपुर , काभ्रे सिन्दुपाल्चोक, सर्लाही, रामेछाप सिन्दुपाल्चोक लगाएतका जिल्लाबाट खेलाडीहरु सहभागी रहेका डोजोका सचिब प्रेम थापामगरले जानकारी दिए । साथै खेलमा उनले आफ्नो पेटमा तीन वटा ढुंगा राखेर फोर्दै खेल प्रर्दशन समेत गरेका थिए ।

सम्बन्धित समाचार

Advertisement