ब्रिज वाटर कप २०१९: सेमिफाइनलका लागि ब्रिजवाटर र सैनिक, लिटिल एन्जल्स र सैपाल भिड्दै

अनलाइन दर्पण 2019-12-26
img

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, १० पाैष । मंसिर २९ गते देखि काठमाण्डौको सिनामंगल स्थित ब्रिजवाटर इन्टरनेशनल  कलेजले मध्यपुर थिमी सानोठिमीस्थित खेलमैदानमा आयोजना गरेको ब्रिजवाटर कप -२०१९ उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटवल प्रतियोगिताको सेमिफाइनलमा ब्रिजवाटर कलेज, सैनिक आवासिय महाविद्यालय, लिटिल एन्जल्स स्कुल र सैपाल एकेडेमी पुग्न सफल भएका छन् ।

ब्रिजवाटर कलेज, सैनिक आवासिय महाविद्यालय, लिटिल एन्जल्स स्कुलले आफ्नो सेमिफाइनलको यात्रा कायम गरिसकेको थियो । हिजाे सम्पन्न भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा जनप्रेमी कलेजलाई १-० ले हराउँदै सैपाल एकेडेमीले सेमिफाइनलको स्थान पक्का गरेकाे हाे। खेलमा सैपाल एकेडेमीका अस्मित घिमिरे म्यान अफ द म्याच घोषित भएका थिए । 

आज सेमिफाइनलका दुवै खेलहरु हुनेछन् । आाज हुने पहिलो सेमिफाइनल खेल आयोजक ब्रिजवाटर कलेज र सैनिक आवासिय महाविद्यालय बीच दिनको १२ बजे हुने छ भने दोस्रो खेल लिटिल एन्जल्स स्कुल र सैपाल एकेडेमी बीच दिनको २ बजे हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement