विश्व कप छनौट खेलमा हुटिङ गर्न नपाईने

अनलाइन दर्पण 2016-10-22
img

 विश्व कप २०१८ को छनौट अन्तर्गत आउँदो महिना हुने थाइल्याण्ड र अस्ट्रेलिया बिचको खेलमा हुटिङ गर्न नपाइने भएको छ । दुई देशका फुटबल एसोसिएसनले स्वर्गिय थाइ राज भूमिबोलको सम्मानमा हुटिङमा प्रतिबन्ध लगाएका हुन् । यस्तै खेल हेर्न जाने दर्शकले कालो, घुर्मैलो वा सेतो रंगको लुगा मात्रै लगाउन पाउने छन् ।

७० वर्षसम्म शासनमा रहेका राजा भूमिबोलको अक्टोबर १३ मा निधन भएको थियो । उहाँको निधनपछि थाइल्याण्डमा एक वर्षका लागि राष्ट्रिय शोकको घोषणा गरिएको छ । थाइल्याण्डका नागरिकलाई कालो रंगको कपडा लगाउन र रमाइला कार्यक्रममा सहभागी नहुन भनिएको छ ।

आउँदो नोभेम्बर १५ मा हुने खेल पछि सार्न फुटबल एसोसिएसन अफ थाइल्याण्डले आग्रह गरेको थियो । तर अस्ट्रेलियाले निर्धारित समयमै गर्ने भनेपछि हुटिङमा प्रतिबन्ध लगाइएको हो । रंगशालमा ब्यानर, झण्डा तथा ठूलो आकारका फोन लैजान नपाइने फुटबल फेडेरेसन अस्ट्रेलियाले जनाएको छ । 

Related Post

Advertisement