भक्तपुर जिल्ला खेलकूद बिकास समितिको आयोजनामा प्रथम जिल्लाब्यापी तेक्वान्दो प्रतियोगीता हुने भएको छ । प्रतियोगीता आगामी १२ र १३ गते भक्तपुरको तौमढीस्थित पाँचतले मन्दिर परिसरमा सञ्चालन हुनेछ ।
शुभ दीपावली, नेपाल सम्बत ११३७ तथा छठ पर्वको उपलक्ष्यमा जिल्लाब्यापी तेक्वान्दो प्रतियोगीता हुन लागेको हो ।
"स्वास्थ्यका लागि खेलकूद, रास्ट्रका लागि खेलकूद" भन्ने मूल नाराका साथ भक्तपुर जिल्लाब्यापी तेक्वान्दो प्रतियोगीता सञ्चालन हुन लागेको र आगामी दिनमा थप परिस्कृत गर्दै अन्य खेलका पनी जिल्लास्तरमा प्रतियोगीता आयोजन गरिने समितिका उपाध्यक्ष एबं कार्यक्रम संयोजक श्याम सुन्दर बस्नेतले बताउनु भयो ।