काठमाडौं, २० कात्तिक । एएफसी सोलिडारिटी कपअन्तर्गत नेपालले टिमोर लीस्टेविरूद्धको पहिलो खेलमा अनपेक्षित नतिजा बेहोर्नु परेको छ। शनिबार मलेसियाको कोचिङस्थित सारावक नेगारी रंगशालामा भर्खरै सम्पन्न खेलमा प्रतियोगिताकै कमजोर आँकिएको टिम टिमोरले नेपाललाई गोलरहित बराबरीमा रोक्यो।एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेलमा नेपाल र टिमोर लिस्टेसँग बराबरी खेलेको छ ।।
यदि टिमोर लिस्टेलाई हराउन सकेको भए नेपाल समूह चरणको अन्तिम खेल अघि नै अघिल्लो चरणमा पुथ्यो । तर, तुलनात्मक रुपमा कमजोरी टिमोरलाई हराउन सकेन ।
बराबरीसँगै टिमोर लिस्टेको अघिल्लो चरण प्रवेशको झिनो सम्भावना कायमै छ । पहिले खेलमा टिमोर लिस्टेलाई ४-० ने हराएको ब्रुनाई भने नेपालसँग खेल्नु अघि नै अघिल्लो चरणमा पुगेको छ ।
जापानी प्रशिक्षक कोजीले ग्यातोकु कोजीले लामो समय नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए । तर, उनले आफ्नो पहिलो खेलमा नै जित दिलाउन सकेनन् ।