फुटबल खेल्दा खेलाडीहरु जोशमा हुने गर्छन् । तर, केही खेलहरुमा खेलाडीहरुले जोशमा होस गुमाउँदा निकै नराम्रो दुर्घटना समेत हुने गरेको छ ।
मेक्सिकोमा भएको एक फुटबल खेल प्रतियोगितमा एक खेलाडीले आफ्नो रिसलाई नियन्त्रण गर्न नसक्दा रेफ्रीको हत्या गरेका छन् । प्रतियोगितामा एक खेलाडीले फल गर्दा रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए । तर, रातो कार्ड देखाएका रेफ्रीलाई उनले आक्रमण गरे । आक्रमण गर्दा रेफ्रीको ज्यान गएको छ ।
रुवेन रिबेरा नाम गरेका एक स्थानीय खेलाडीले म्याचका दौरान अर्को फुटबल टोलीका खेलाडीलाई धक्का दिएका थिए । रेफ्रीले फल गरेको भन्दै उनलाई रेड कार्ड देखाएका थिए । त्यसपछि खेल मैदानमा जे भयो कसैले पनि अपेक्षा गरेका थिएनन् ।
उनले तुरुन्त रेफ्रीलाई टाउकोले हाने । रेफ्री भुइमा लडे । यो देखेर रुबेनका साथीहरुले उनलाई समात्ने प्रयास गरे । तर, उनी निकै भड्किलो पारामा मैदानमा असोभनिय हर्कत देखाउने काम गरिनै रहे ।त्यती बेलासम्म रेफ्री बेहोस भइसकेका थिए ।
तर, केही समयपछि थाहा भयो कि रेफ्रीको मृत्यु भइसकेको थियो । घटना पश्चात रुबेन फरार रहेका छन् । मेक्सिको प्रहरी रुबेनलाई खोजिरहेको छ ।