लाओसलाई ५-२ काे अन्तरले हराहउदै नेपाल सोलिडारिटी कपको फाइनलमा

अनलाइन दर्पण 2016-11-12
img

कार्तिक, २७ काठमाण्डाै‍ ।  लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोक्दै नेपालले ५-२ काे अन्तर लिएकाे हाे  ।

सम्बन्धित समाचार

Advertisement