गाईको आयु बढाउनका लागि गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान

अनलाइन दर्पण 2018-05-02
img

आजकल सबै देशहरुमा अर्गा्निक खेती गर्ने प्रचलन बढ्दै गएको छ । दिर्घकालीन खेती गर्न संसारभरका किसानहरु विभिन्न तरिका अपनाइरहेको पाइन्छ । यसै बीच हालैमा अमेरिकामा खेती गर्नका लागि एउटा अचम्मको उपाय लगाइएको छ । त्यस्तै अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको प्रविधि अपनाउन थालेका छन् ।

यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो रहेको छ । हेर्दा एकदम अनौठो देखिएपनि यसको वास्तविक कारण भने गाईको आयु बढाउनका लागि हो ।

वैज्ञानिकहरुका लागि गाईको भित्री भागको जाँच गर्न गाह्रो हुने भएकाले यो तरिका अपनाउँदा त्यसरी जाँच गर्न निकै सहज हुने गरेको छ ।

गाईको पेटमा यसरी प्वाल पारिसकेपछि एउटा पलास्टिकको रिङले यसलाई बन्द गरिन्छ । यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरुले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रुपमै प्राप्त गर्न सक्छन् । यसले मुख्यगरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के(कस्ता ब्याक्टेरियाहरु छन् भनेर पनि पत्ता लगाउन सकिन्छ । गाईको शरीरमा यस्ता प्वाल जुन भागमा बनाइएको हुन्छ त्यसलाई रुमेन भनिन्छ ।

गाईलाई खाना खुवाइसकेपछि वैज्ञानिकहरुले यो फिस्टुला (प्वाल पारिएको भाग) को मद्दतले शरीरमा पाचन प्रक्रिया कसरी भइरहेको छ भन्ने थाहा पाउन सक्छन् । यसले गाईलाई केही असहजता महशुस नहुने भएकाले पनि यो तरिका उपयुक्त मनिएको छ । यसले गाईका विभिन्न भित्री भागहरुको अध्ययन गर्न सजिलो बनाइदिएकाले हामीले गाईलाई विभिन्न रोग लाग्नबाट बचाउन सक्छौँ र यसका कारण गाईको आयु पनि बढ्न जान्छ ।

तर यो प्रक्रियालाई आलोचना गर्ने पनि थुप्रै रहेका छन् । गाईको शरीरबाट एउटा भाग निकालेर पेट भित्रका संवेदनशील अङ्गको उजागर गर्नु आफैँमा अनौठो र पिडादायक लाग्छ । यसरी प्वाल पारिसकेपछि उक्त गाई ४ देखि ६ हप्ता सम्म असहजताका कारण हलचल गर्न सक्दैन ।

उता आलोचकहरुले पनि यसले एनिमल वेलफियर एक्टविरुद्ध रहेको र यस्ता अनुसन्धान र परीक्षण जनावरहरुका हित विपरीत रहेको बताएका छन् ।

सम्बन्धित समाचार

Advertisement