कागेश्वरी मनोहरालाई स्वच्छ, सफा र हराभरा बनाउन वृक्षारोपण अभियान

अनलाइन दर्पण 2018-08-17
img

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन वृक्षरोपण अभियान शुरु गरिएको छ । ‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’ भन्ने नाराका साथ  नगरपालिकाको  वडा नं १,२ र ३ मा बिरुवा रोप्न शुरु गरिएको हाे ।

नगरपालिकाले छ जातका बिरुवा रोपेको छ । जसमा अशोक, लिची, आँप, अम्बा, चिनियाँ गुलाब र नासपाती जातका बिरुवा छन् ।

बिरुवा संरक्षण गर्न वडालाई जिम्मेवारी दिइएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । धार्मिक मठ मन्दिर तथा नगर क्षेत्रका सार्वजनिक र पर्ती जग्गामा वृक्षरोपणको अभियान चलाइएको छ ।

नगरपालिकाको वडा नं १ मा नौ हजार बिरुवा रोपिएकाे छ । नगरपालिकाको ब्रह्मखेल–सातघट्टे–गागलफेदी सडकको दायाँबायाँ बिरुवा रोपी संरक्षण शुरु गरिएको वडाध्यक्ष मुकुन्द गजुरेलले बताउनुभयो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाललाई फलफूलको बगैँचा बनाउने सोचअनुरुप “वडाका एक हजार ४०० परिवारलाई प्रतिघर आँप र अम्बा एक/एक, कागतीको तीन बोट गरी पाँच र अन्य जातका एक हजार २०० बिरुवा वडावासीलाई बाँडिएकाे उहाँले बताउनुभयो ।

त्यस्तै वडा नं २, आलापोटमा २०० र वडा नं ३, भद्रवासमा २०० बिरुवा रोपिसकिएको छ । वृक्षरोपणले विश्वमा बढ्दै गएको तापमान घटाउन र वातावरण संरक्षण गर्न सहयोग पु¥याउने छ ।

फलफूलको बिरुवा सिन्धुली र सर्लाही एवं अरु बिरुवा इलाका वन कार्यालय गोकर्णबाट ल्याइएको हो ।

सम्बन्धित समाचार

Advertisement