पोखरामा फेरि बर्ड फ्लुको संक्रमण फेला परेको छ । पोखरा १८ शुभकामना टोल स्थित दिपेन्द्र केसीले पालेको कुखुरामा बर्ड फ्लुको संक्रमण भेटिएको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ ।
पोखरा–१८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको एक हप्ता नबित्दै फेरि त्यही वडाको अर्को स्थानमा संक्रमण देखिएको हो । संक्रमित क्षेत्र आसपासको पक्षीको नमुना परीक्षणका लागि पठाइएकोमा फेरि अर्को स्थानमा बर्ड फ्लुको जिबाणु एच5एन1 भेटिएको पुष्टि भएको हो ।
संक्रमण भेटिएपछि खाल्टेमसिना क्षेत्रमा पक्षी र पक्षीजन्य बस्तु नष्ट गरिएको छ । फागुन ३० गतेसम्म पोखरा उपमहानगरपालिकाको वडा नम्बर १ देखि १८ सम्म दाना बाहेक पक्षी र पक्षीजन्य बस्तुमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो ।