यसरी सेताघरेका बाख्राहरु गाउँभरि फैलिए

अनलाइन दर्पण 2019-06-25
img

गोपाल चन्द/असार १०, रोल्पा । ‘जब फर्ममा एउटा बाख्राको पाठा जन्मिन्छ, अनि उसले मलाई भन्छ, सेवा गर । समय पुगेपछि उसले मलाई सोध्छ, तिम्रो समस्या केहो ? उसलाई सेवा गरे बाफत मेरो परिश्रमको भ्यालु माग्छु, अनि मलाई सबै श्रमको मूल्य तिरेर जान्छ ।’ रोल्पा जिनाबाङ्ग ४ का सेताघरे भनेर चिनिने ‘ओली बाख्रा पालन फर्म’का संचालक लोकमान ओलीको ब्यबसायिक अनुभूति हो ।

उनले बाख्रा पालन गर्न लागेको २२ बर्ष भयो तर ब्यबसायिक बनेको अहिले ४ बर्ष भयो । भारतको राजिस्थानबाट बोकेर ल्याएको एकजोडा उन्नत जातको बाख्राबाट सुरुगरेको बाख्रा पालनमा करिव ३०० वटा बाख्राहरु बृदी भए तर अहिले केहि बाख्रा बिक्रिगरे पछि अढाई सय जति छन् ।

उनको फर्ममा ४ प्रजातिका बाख्राहरु पाइन्छन छन् । बारबेरी, जमुनापारी क्रस, बिटल, बोयर जातिका छन् । बार्बेरी, जमुनापरी क्रस, बिटल भारतबाट ल्याएको हो भने पछि नेपालमै भित्रिएको बोयर उनको बाख्रा फर्ममा पाइन्छ ।

ब्यबसायी लोकमानका अनुसार बाख्रा पालन ब्यबसायमा अहिलेसम्म कुल लगानी ३८ लाख ८२ हजार ८ सय लगानी गरिसकेका छन् ।

बाख्राको घाँस र दानापानी जुटाइदिन दुई जना स्थानीयलाई रोजगार दिएका छन् । एक जना व्यक्तिले बार्षिक १ लाख २० हजार तलब खान्छन भने अर्कोले ६५ हजार लिने गरेका छन् । उनीहरुले पार्ट टाइमको रुपमा काम गरिरहेको लोकमान ओलीले बताए ।

बाख्रा उत्पादनमा समस्या भएपनि बिक्रि वितरणमा भने समस्या नरहेको ओलीले बताए । बाख्रा, पाठाहरु र बोका ब्याडको रुपमा बिक्रि हुनेगरेका छन् । खसी बनाएर बार्षिक १५-२० वटा बिक्रि गर्छन भने धेरै जसो ब्याड बोकाको खोजि हुने हुँदा बोकाहरू धेरै बिक्रि गरिरहेका छन् । ब्याड बोका लिन रोल्पा जिल्ला भरिका र रुकुम देखि सल्यानबाट आउने उनले बताए ।

ओलीले भने, ‘कलेक्सन गरेर राम्रो जति ब्याडमा बिक्रि गर्छु, नराम्रो जति खसी बनाएर बिक्रि गर्छु ।’ उनले खसी २५ किलो देखि बिक्रि गर्न सुरु गर्छन भने अहिलेसम्म एउटा खसी मात्रै १०४ किलो सम्मको बिक्रि भएको सुनाए । त्यसैगरी साना पाठापाठी पाल्नका लागि धेरै बिक्रि हुने पनि बताए ।

ब्यबसायी लोकमान ओलीले बाख्रा पालन ब्यबसायबाट बर्षेनी ७ लाख बराबरको आम्दानि हुने बताए ।

एक जोडा देखि ३ सय बथान बाख्राको यात्रा..!

२२ बर्ष अघिको कुरा हो । ५६/५७ साल तिर उनि माओबादी छापामार थिए । कपुरकोटको लडाईमा अत्यन्तै मिल्ने साथि खकेन्द्र ओली सहिद भए । मिल्ने साथि सहिद भएपछी उनि निकै निरास भए, एक्लो महसुस गरे । त्यो युद्दको क्षणलाई सम्झिदै उनले भने ‘सायद मैले छापामार मै काम गरिरहेको भए, कित सहिद हुन्थे, कित सेनाको माथिल्लो पोष्टमा हुन्थे होला।’

त्यसपछि उनि भारतको राजिस्थान पुगे । त्यहाँ एक जना जमिन्दारको घरमा बाख्रा पालन फर्ममा काम गरे । त्यतिखेर नै बाख्रा पालन बारे राम्रो अनुभब बटुले ।

केहि समयपछि उनि घर फर्किए तर फर्किंदा एक जोडा बाख्रा (पाठा पाठी) राजिस्थानबाटै बोकेर आए । साथमा बाख्रा फर्मको ड्रोइङ्ग (नक्साको खेस्रा) समेत बोकेर आए ।

तर उतिखेरै ब्यबस्थित फर्म बनाउने कुराले भने पूर्णता पाउन सकेन । आर्थिक अभाब एकातिर छँदै थियो भने अर्कोतिर देशको परिस्थिति पनि निकै प्रतिकुल थियो । त्यसका बाफ्जुद ब्यबस्थित बाख्रा पालन गर्न सकेनन तर राजिस्थानबाट ल्याइएका बाख्राहरु घरगोठमै पाल्दै आए, जगेर्ना गर्दै आए ।

राजिस्थानबाटै बोकेर ल्याएको बाख्रा फर्मको खेस्रा (ड्रोइङ्ग) लाई १८ बर्ष पछि बल्ल पूर्णता दिए । फर्मको खेस्रामा १६ सय बाख्रा अट्ने स्टोमेट सहितको थियो । तर उनले सानो आकारमा परिमार्जनगरि ३ सय बाख्रा अट्ने फर्म बनाए र उक्त फर्मलाई ‘ओली बाख्रा पालन फर्म’ नामाकरण गरे । बाख्रा फर्म बनाउन स्थानीय जानकार फौद बहादुर केसी, गोर्ख बहादुर, कुल बहादुर वलीको सरसल्लाहमा फर्म निर्माण गरेको उनि बताउछन ।

सेताघरेका बाख्राहरु गाउँभरि फैलिए

उनले भारतबाट बोकेर ल्याएका एक जोडा बाख्राले गाउँमा ‘सेताघरे बाख्रा’को नाममा परिचय बनाए । स्थानीय समुदायले सेताघरेको उन्नत जातको बाख्रा लिएर घरघरमा पाल्न थाले । उन्नत जातको बाख्राले किसानको घरमा पनि बिस्तार भए ।

उनले उत्पादन गरेका उन्नत जातका बाख्रा वा बोकाहरू लिन रोल्पा जिल्ला भरिकाबाट र सल्यान रुकुम जिल्लाबाट समेत आउछन । पालनकै लागि उनीहरुले लिने गरेको ओलीले बताए ।

स्थानीय समुदायहरुले पनि उनको उत्पादनलाई घरघरमै पालेका छन्, अहिले पनि गाउमा उनकै उन्नत जातिको बाख्रा भेटिन्छन । जिनाबाङ्गमा बाख्रा पालन ब्यबसायलाई प्रेरित गर्ने उनकै हो भन्दा पनि हुन्छ, गाउँका अर्का एक किसानले भने ।

उनको उत्पादनले स्थानीय रुपमा पनि बाख्रापालन गर्न उत्प्रेना जगाएको छ, फलस्वरूप वडामै ७ वटा फर्म संचालनमा आएका छन् । अन्य ब्यबसायहरु उनकै व्यवसायबाट प्रेरित भएको मान्न सकिन्छ ।

सरकारी अनुदान पहुँचवालाको पकेटमा

सरकारले कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर किसानलाई टेवा पुग्नेगरी अनुदान कार्यक्रम लागु गरेको छ । तर उक्त अनुदान कार्यक्रम किसानसम्म आउदा बिचौलियाहरुको पकेट भरेर चुहिंदै-चुहिंदै किसानसम्म थोपा-थोपा मात्र आउछ । त्यो पनि पहुँच वालाको पकेटमा पर्छ । यस्तै अनुभव कृषक लोकमानले पनि सुनाए ।

ब्यबसायी ओली स्वयम् वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य पनि (जनप्रतिनिधि) हुन तर स्थानीय तहको कामकारबाही प्रति आफै सन्तुष्ट देखिदैनन ।

म एक जनप्रतिनिधि पनि हुँ । मलाई यो ब्यबसाय गर्न धौधौ परिरहेको छ । सर्बसाधारणलाई झनै कति समस्या होला ? उनले दुखेसो गरे ।

‘जनप्रतिनिधि भएको हैसियतले जिल्ला र प्रदेशमा म गईरहन्छु तर कृषकलाई राज्यले दिने अनुदान तथा अन्य कार्यक्रमहरु समन्वयको आधारमा जो टाँठा बाँठाहरु छन्, तिनैले हात पार्दो रहेछन । जनप्रतिनिधिहरुलाई पनि प्रभाबमा पारेर घुमाइदिनेहरुको हालीमुहाली देखियो ।’, उनले भने ।

यस क्षेत्रमा लागेका पुराना राजनीतिक नेताहरु, अगुवा र कर्मचारीको मिलेमतोमा यस्ता कार्यक्रमहरु घुमाइन्छन, त्यसमा कर्मचारी तन्त्र देखिन्छ । कर्मचारीले जे भन्छन जनप्रतिनिधिहरुले त्यहि गर्छन । योजना नबनाउदा कर्मचारीले बनाएको योजनामा हो हा गर्ने जनप्रतिनिधिहरु छन्, लोकमानले गुनासो पोखे ।

किसानहरुलाई ब्यबसायका लागि चाहेर पनि सहयोग गर्न सक्ने वातावरण नभएको बताउदै उनले थपे, ‘जनप्रतिनिधिले चाहे अनुसारको योजना हुन्दैन, हामीले किसानहरुलाई सहयोग गर्ने वातावारण नै छैन । कर्मचारीले बनाएको योजना जे छ त्यहि पास हुन्छ । किसानका कार्यक्रमहरु माग गर्दा कमिसन माग्ने काम हुन्छ, त्यसकारण म जनप्रति निधि भएर पनि यहाँका किसानहरुलाई कमिसनको बाटो डोर्याएर ब्यबसाय गर भन्न सक्दैन । म आफैले त्यस्ता योजनाहरु कमिसन तिरेर ल्याउने पक्षमा पनि छैन ।’

कमिसन तन्त्रले असल किसानहरु मर्कामा परेको उनले सुनाए । उनले भने- ‘यस अघि कार्यक्रम पारिदिए बाफत तोकेर कमिसन मागिन्थ्यो । मलाइ यति कमिसन दिने भए, म कार्यक्रम पारिदिन्छु भन्ने कर्मचारीहरु पनि मैले भेटेको थिए । त्यसकारण पनि यस अघिका कार्यक्रमहरु मैले उपभोग गरिन । कमिसन दिएर संस्थाको कृषि कार्यक्रम मलाई उपभोग गर्नु पनि छैन ।’,

तिन बर्ष अघि एउटा प्रदेश कार्यक्रममा कुनै कर्मचारीले घुस माग्छ भने रिपोर्ट गर्नुहोला भनेर सरोकारवालाले बोलेका थिए । त्यो बोलेपछि खुलेआम घुसखान डिमाण्ड गर्ने कर्मचारीहरु भने अहिले भेटिएका छैनन् । यसअघि एउटा केयुबिके संस्थाको कर्मचारीले १० लाख कार्यक्रमको योजना, म तपाइँलाई पारिदिन्छु तर २ लाख कमिसन मलाई दिनुपर्छ भनेर अफर गरेका थिए । मैले यसको बिरोधि हुँ, मबाट यस्तो कार्य हुँदैन भने । पछि मैले एउटा खुल्ला कार्यक्रममा उक्त बिषयमा खुलस्त गरिदिएको थिए । त्यसपछि सायद डराएर होला यो जिल्लाबाट नै अनेत्र सरुवा मिलाएर अहिले गैसके । लोकमानले कमिसनको फेहरिस्त यसरि सुनाए पनि ति कर्मचारीको नाम भने खुलाउन चाहेनन् ।

यस्तो बिचौलियाहरुको संयन्त्रमा राज्यले दिएको अनुदान लिएर गर्न चाहाने किसानहरुले उपभोग गर्न निकै कठिनाइ छ । पावर र पहुँच वा बिचौलिया कर्मचारीलाई कमिसन दिएर मात्रै राज्यको अनुदान उपभोग गर्न नसकिने थुप्रै किसानहरुको गुनासो छ ।

किसानलाई ऋण पाउन कठिन

सरकारले कृषि कार्यक्रमलाई सपोर्ट हुनेगरी किसानलाई सहज रुपमा ऋण प्रदान गर्ने भनेको छ तर कृषि उत्पादन गर्न चाहाने कृषकहरुले ऋण पाउन गाह्रो छ । प्रक्रिया निकै झन्जटिलो छ ।

ब्यबसाय गर्न ऋणको जोहो गर्न सदरमुकाम धाएका ओलीले दुखेसो सुनाए । उनले भने- ‘सरकारले सहजरुपमा ऋण उपलब्ध बनाइ दिने योजना ल्याएको भन्छ तर कुन परियोजनाका लागि ऋण लिने हो अनुगमनको आबस्यकता पर्दो रहेछ । अनुगमनका लागि खटाइएका कर्मचारीहरु बिकट ठाँउमा अनुगमन गर्न अल्छी मान्दो रहेछन । आफ्नो कार्यलय वरिपरिका सुगम ठाउहरुमा अनुगमन सहज हुने भएको हुँदा त्यतै ऋण दिन्छन तर हामी बिकटका किसानलाई ऋण पाउन गाह्रो रहेछ ।’,

उनले भने, मैले कृषि बिकाश बैंकबाट १५ लाख ऋण ल्याएको छु । त्यो ऋण ल्याउदा निकै कसरत गरे । एक जना हाकिम युबराज डाँगी मेरो फर्म अनुगमनमा बल्लतल्ल आएर १५ लाख ऋण दिनु भएको हो । अन्य कर्मचारीहरुले सिधै म जान्न त्यो ठाउ भने । ऋण पाउने मापदण्ड पुगेको छ, उनीहरुले पनि ठहर गरेका छन् तर उनीहरु आउन मानेका छैनन् । कदम कदाचित ऋण पाउने प्रक्रियामा पुग्यो भने प्रक्रियाका झन्झटिलाहरु धेरै हुँदा रहेछन ।

ऋणका लागि कागजात बुझेको ३ महिना बितिसक्यो । स्थानीय १०० जना किसान भन्दा धेरैले ऋणका लागि आफ्नो कागजात पेश गरेका छन् तर अहिले सम्म कसैले पाएका छैन्न । कहिले सम्म पाइने हो ? ब्यबसायिक सिजनको बेला कृषकलाई दिन नसकेको ऋण कुबेला दिएर के हुने हो ? थाहा छैन ।

बैंकले दिएको ऋणलाई ओडी सिस्टमबाट उपभोग गर्न सकिने भन्ने छ । जस्तै एउटा किसानले १० लाखको ऋणको माग गर्यो भने त्यो रकमलाई किसानको आबस्यकता हेरेर थोरै झिकेर ५ लाखको मात्रै उपभोग गर्न सक्ने, बाँकी बैंकमा रहेको ५ लाखको ब्याज नलाग्ने भनिएको छ तर त्यो प्रक्रिया लागु हुन नसक्ने सुन्नमा आएको छ । यदि लागु भएनन् भने किसानहरु नै मर्कामा पर्ने ओलीको भनाई छ ।

स्थानीय सरकारप्रति गुनासो

स्थानिय सरकार त आफ्नै धुनमा छ । कृषि बिषयमा कुनै कार्यक्रम तथा योजनाहरु ल्याएको छैन । ब्यबसायलाई प्रवर्द्धन तथा ब्यबस्थापन बिषयमा कुरा राख्दा स्थानीय सरकारले सुन्दैन, बरु बाटाघाटा, पुल पुलेसाहरु तिर ध्यान दिएको छ । कृषि तथा पशुतिर कुनै योजना छुट्याइएको छैन । कृषि बिषयमा योजनाहरु ल्याउ भन्दा सुन्दैनन् । कर्मचारीले जे योजना ल्यायो त्यहि लागु गर्छन ।

किसानहरुलाई टेवा पुर्याउने गरि स्थानीय सरकारले अहिले सम्म ब्यबस्थित कार्यक्रमहरु ल्याएको छैन । ल्याएको अनुदान पनि लगानी र परिश्रमको आधारमा वर्गीकृत नगरी बाँडिएको छ, १५/२० वटा बाख्रा पाल्नेहरू र २/३ सय वटा बाख्रा पाल्नेहरूलाई एउटै स्तरमा दाँजेर बराबरी अनुदान दिइयो, जुन ब्यबहारिक छैन । यस्तो बिधिले किसानहरुलाई निरुत्साहित बनाउ छ, उनले गुनासो गरे ।

प्रदेश सरकारले बाख्राको खोर ब्यबस्थापनका लागि ८ लाखको उपभोग हुनेगरी कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमलाई हाम्रै वडामा रहेका ४ वटा बाख्रा पालन गर्ने व्यवसायीलाई सम्मान ४-४ लाख दियो । लगानी र परिश्रमको आधारमा एउटै संगोलमा यसरि अनुदान बाँड्नु कति बैज्ञानिक थियो ? कति न्याय पूर्ण थियो ? उनले प्रतिप्रश्न गरे ।

गाउँपालिकाका पशु चिकत्सकलाई पनि वडा सचिवको जिम्मेवारी दिएर खटाईएकाले  समस्या परेको बेला पशु डाक्टरलाई उपयोग गर्न पाएका छैनन् । तर भारत बस्दा भेटनरी सम्बन्धि अनुभब लिएका लोकमानले बाख्रालाई उपचार देखि अन्य सबै आफै हेर्दै आएका छन् ।

पशुसेवा कार्यलयबाट अनुगमनमा आएपनि जसले चिल्लो घस्यो त्यसैलाई सेवा दिने चलन रहेको ओलीले बताए । उनको फर्म बाख्रालाई देखिने समया पिसाब थुन्निने, चर्चरे पटके (फनफनी घुम्ने) मौसम परिवर्तन संगै मुख्यात र निमुनिया समस्या देखिने बताउछन, तर अहिले सम्म ठुलो भाइरस लागेको अनुभव भने उनलाइ छैन ।

पशु बिमा प्रति बाख्रा १५ हजारको दरले गरेका छन । बाख्रा मर्यो भने ९० प्रतिसत पाउने नियम छ । बार्षिक कर ४ प्रतिशत तिर्छन ।

दाना बिक्रि गर्ने ब्यापारीले लोकल दाना किन्न अनुमति दिएका छैनन्, जसको कारण महंगो दाना खरिद गर्नु परेको छ । लोकल दाना किन्न पाउने भए यहाँका किसानलाई पनि फाइदा हुने उनि बताऊछन् ।

‘दाना यहि उत्पादन गर्न मेसिन महगो छ । नेपाल सरकारले दाना उत्पादन गर्ने मेसिन अनुदानमा दिए मात्रै सम्भब छ । अहिले आउने दाना नेपालको नभई इन्डियाबाट आउने दाना हो । प्रति बोरा ५० केजीको दानालाई रोल्पासम्म ल्याउँदा १८ सयसम्म पर्छ ।’, उनले भने ।

अनुगमनमा आउने धेरैले मेरो फर्मलाई ५ नम्बर प्रदेशकै उत्कृष्ट ब्यबसाय फर्म भन्छन तर स्थानीय सरकार देखि प्रदेश सरकारले जिनाबाङ्गमा रहेका फर्मलाई अहिले सम्म प्रोत्साहन स्वरुप कुनै पुरस्कार वा सम्मान नगरेको उनको भनाई छ ।

किसानलाई बाख्रा सित्तैमा दिने

उनले अझै ५ सय बाख्रासम्म बढाउने सोंचमा छन् । ओलीले अफ्रिकन बोयरको बोका भर्खरै भित्र्याएका छन् । उनले किसानको परियोजना कार्यक्रम संस्थासंग साझेदारी गरेर, ब्याड बोका उत्पादन गरि, गङ्गादेव गाउपालिकाका किसानहरुलाई वितरण गर्ने सोंचमा छन् । उक्त साझेदारी कार्यक्रम अन्तर्गत किसानबाट बोकाको ५० प्रतिसत पैसा मात्रै लिएर बाँकी ५० प्रतिसत उत्पादन पछि ल्याउने गरि कार्यक्रम लागु गर्न लागेको पनि बताए ।

स्थानीय किसानहरुले बाख्रा पालन गर्न चाहेमा बाख्रा सित्तैमा सहयोग गर्ने समेत बताए । विदेश नगई यहि बसेर बाख्रापालन ब्यबसाय गर्ने कोही युवाहरु र अन्य किसानहरु ब्यबसाय गर्न तयार भए, बाख्रा सित्तैमा उपलब्ध गराइदिने उनको योजना छ ।

आफुसंग भएका बाख्राहरु सित्तैमा उपलब्ध गराई, उत्पादन भएपछी बिना ब्याजे सावा मात्रै फिर्ता गर्ने गरि सुबिधा दिने बताउछन । जति समय लागेपनि आफूबाट लिएको बाख्राले मुनाफा नदिंदा सम्म बिना ब्याज बाख्रा उपलब्ध गराई सहयोग गर्ने बताए ।

बाख्रा पाल्दा खुसिको अनुभूति

आफुले पालेका बाख्राहरु देखेर उनलाई आनन्दको अनुभूति हुन्छ । आफु कृषक भएको नाताले उनको जिबन चक्र अति सुन्दर लाग्छ । यसमा कसैको रोकाई-टोकाई छैन । बहस छैन, छेक बार छैन, लुट्ने ठग्ने भन्ने छैन, आफ्नै हातको परिश्रमले दिएको फल निकै आनन्द र खुसि युक्त छ । ब्यबसायी लोकमानले यसरि आनन्द पोखे ।

उनका मिलनसार बाख्राको बसाइ बारे पनि ओकालत गरे । अहिले मिस्रित ढंगले बस्छन । जो जस संग मिल्छन तिनै बस्छन तर कलेक्सन गरि फरक बसाइका लागि फर्म पनि बनाउदै छु ।

‘मेरो फर्ममा तयार भएका ब्याड बोकालाई लोकल बाख्राहरुसंग उत्पादनका लागि प्रयोग गरे, ५० प्रतिशत गुण पाउन सकिन्छ । त्यस्ता बोकाहरुलाई खसी बनाउदा ५० किलो भन्दा माथि हुन्छन, जुन लोकल केवल २०-२५ किलो भन्दा माथि हुँदैन ।’, उनले भने ।

युवाहरुलाई  विदेश नजान ओलीको आग्रह

ओलीले नेपाली युवाहरुमा केहि चेतनाको समस्या भएको बताउछन । उनि भन्छन- ‘विदेश पसेपछि कुर्सीमा बसेर पैसा आउछ भन्ने चिन्तन छ । धेरै पैसा हुन्छ भन्ने छ । तर म एक दिन मर्ने हो, पैसाको पछि लागेर आफ्नो परिवार भन्दा टाढा रहेर पैसाको सपना देख्नु राम्रो होइन । परिवारसंग संगै बसेर ४ पैसाको ठाउमा एक पैसा कमाउछु भन्ने तिर लाग्नुस् । तपाइँलाई थाहा छ ? परिवार देखि टाढा रहेर करोडौ पैसा कमाउने सोंचमा हुनुहुन्छ तर त्यसले तपाइको आफ्नो पारिवारिक जीवनलाई अस्तव्यस्त बनाउछ । पारिवारिक बेमेल उत्पन्न गर्छ ।’,

परदेश पस्नेहरुको ७५ प्रतिसत पारिवारिक समस्या उत्पन्न भएको देखेको छु । बिदेशमा बसेर पैसा पठाउनु हुन्छ, परिवारलाई शहर तिर बसाल्नु हुन्छ, बोर्डिंग पढाउने निहुमा परिवार अरु संग लागेर हिडेको देख्छु । यस्ता धेरै समस्याहरु छन् ।

‘म ब्यबसायी मात्र होइन एउटा जनप्रतिनिधिको हैसियतले पनि ७५ प्रतिसत त्यस्ता केसहरु हेरेको छु । त्यसो हुँदा हाम्रै माटोमा एक पैसा मात्र कमाएर परिवार संग संगै बस्नुस, त्यो नै जिबनको खुसि हो । उत्पादनको क्षेत्रमा जे गर्दा पनि गर्न सकिन्छ । यस्को लागि स्थानीय युवाहरुलाई म सहयोग गर्न तयार छु, आउनुहोस आफ्नै माटोमा ब्यबसाय गरौ ।’,  ओलीले भने ।

जाँदाजाँदै अर्को कुरा पनि थाहा पाईराख्नुहोस्, लोकमान ओलीले केवल बाख्रामात्रै पालेका छैनन्, ४ वटा भैंसी पनि पालेका छन् । बर्षमा दुइवटा दुहुना भैसीको अर्गानिक दुध र घिउ खाएर आनन्दको जिबन बिताएका छन् । साभार :पाेष्टपाटि डटकम

Related Post

Advertisement