भारतबाट ठेला गाडीमा ल्याउदै गरेको जंगली बँदेल सशस्त्र प्रहरी द्वारा पक्राउ

अनलाइन दर्पण 2019-08-30
img

अंगद यादव / नवलपरासी पश्चिम १२ भदौ । 

नवलपरासी पश्चिम जिल्लाको रेगंहिया नाका बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको ६ वटा भारतीय जंगली बँदेल सशस्त्र प्रहरी अाउट पोष्ट गुठी परसौनीले पक्राउ गरेको छ । 

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.- ५ धर्मौली स्थित दशगजा बाट बिहिवार बिहान करिब साढे ६ बजे भारतीय नाका रेगंहिया बाट अवैध रुपमा दुईवटा ठेला गाडीमा लोड गरेर ल्याउदै गरेको बदेल सशस्त्र प्रहरी बोर्डर अाउट पोष्ट ( बिअोपी ) गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुनम अधिकारी नेतृत्वमा रहेको गस्ती टोलीले उक्त जंगली बदेलहरु पक्राउ गरेको हो । 

पक्राउ परेका ६ वटा बँदेल मध्ये ३ वटा मरिसकेका छन भने ३ वटा जंगली बँदेल लाई जिविदै ईलाका बन कार्यालय बर्दघाट लाई बुझाइएको छ । 

जीवितै रहेका बँदेल लाई बर्दघाट नगरपालिका वडा नं १ मा रहेको चिसापानी सामुदायिक बनमा छाडिने छ भने मृतक बदेल लाई सशस्त्र प्रहरी सुरक्षा शाखा बडेरा मा गाडिने छ । 

बदेल तस्करहरु प्रहरी देखि पछि भारत तर्फ नै भागेको सशस्त्र प्रहरी गुठी परसौनीले जनाएको छ । छ वटा मध्ये ४ वटा भाले रहेका छन भने दुई वटा पोथी रहेका छन् ।

सम्बन्धित समाचार

Advertisement