काभ्रे, १४ चैत । अम्रिसोको मूल्य घटेपछि काभ्रेका कृषक यतीबेला चिन्तित बनेका छन् । भूसंरक्षणसँगै घाँस, फूल तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा न्यून मूल्य पाएको कृषहरुको गुनासो छ ।
गत वर्ष कृषकहरुले अम्रिसोको फूलको प्रति के.जी ९० देखि १ सय १० रुपैयाँसम्ममा बेचेका थिए भने डाँठको १५ रुपैयाँ केजीसम्म मूल्य लिएका थिए । कूचो किन्नका लागि व्यापारीहरु कृषकको घरैसम्म पुग्ने गर्थे भने यसबर्ष ५० देखि ६० रुपैयाँ प्रति किलोमा अमृसोको फुल बेच्न काभेका किसान बाध्य बनेका छन ।
भिरालो पाखोबारीमा भूक्षय रोक्ने उद्देश्यले बारीका कान्लाहरुमा यसको खेति गरिन्छ । अन्य बालीको तुलनामा राम्रो मूल्य पाएकै कारण मकै कोदो लगाउने पाखोबारीमा अम्रिसो मात्रै खेति गर्नेको संख्या पनि उत्तिकै रहेको छ ।
कृषकहरुले यसको पात र कमलो डाँठ बोट डालेघाँसका लागि प्रयोगहुने फूल र कडा डाँठ छुट्टा छुट्टै मूल्यमा बिक्री गर्ने गरेका छन् । दोमट माटो भिरालो जग्गामा अम्रिसो खेति फस्टाउने गरेकै कारण कृषकले प्रशस्त कूचो उत्पादन गर्ने गरेका छन् । अहिले १ जना कृषकले ७ सय के.जीसम्म कूचो बिक्री गर्ने गरेका छन । आम्दानीको राम्रो स्रोत मानिएको अम्रिसोले यस वर्ष भने न्यून मूल्य पाएको हो ।
अघिल्ला वर्षहरुमा यसको मूल्य बढ्दो क्रममा रहे पनि यस वर्ष एक्कासी मूल्य घटेको कृषकहरु बताउँछन् । घर,कोठा सफा गर्नका लागि कूचो बनाउन देखि विदेश निर्यात हुँदै आएको अम्रिसोले राम्रो मूल्य पाएको थियो ।
बिरुवाका लागि भइरहेको बोट बाटै अर्कौ विरुवा निकाल्न सकिने गोडमेलका लागि झन्झट नहुने भएका कारण कम लगानीमा राम्रो आम्दानी गर्न सफल भए पछि कृषहरु यस खेति तर्फ आर्कषित बनेका हुन ।
काभ्रे जिल्ला अन्तर्गतका डाँडापारी, महाभारत क्षेत्र अन्र्तगतका हालका बेथान्चोक, खानीखोला, महाभारत, तेमाल गाउँपालिका तथा नमोबुद्ध गाउँपालिकाका विभिन्न क्षेत्रका कृषकहरुले यसको खेति गर्दै आएका छन् ।