एकै सिजनमा ४० करोडको आलु उत्पादन

अनलाइन दर्पण 2016-11-04
img

बागलुङ। बागलुङमा यो वर्ष ४० करोड रुपैया भन्दा बढी मूल्य बराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार एक हजार हेक्टर क्षेत्रफलमा गरिएको बर्खे आलु खेतीबाट ११ हजार ६ सय ९४ मेट्रिक टन उत्पादन भएको छ जसको बजार मूल्य ४० करोड ९० लाख रुपैयाँ बराबर हुन आउछ । 

बागलुङको तारा, हिल, अर्गल, बोबाङ्ग, निसी, तमान, खुङखानी, बोङ्गादोभाग, धम्जा लगायतका गाविसलाई बर्खे आलु उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । कृषकले उत्पादन गरेको अधिकांश आलु नगदमा भन्दा पनि आफ्न्तलाई कोसेली तथा घरमा खर्च हुने गरेको जिल्ला कृषी विकास कार्यालयको तथ्याङ्ग रहेको छ । 

जिल्लामा उत्पादन भएको धेरैजसो आलु बागलुङ, बेनी, पोखरा र काठमाडौंमा निकासी हुने गरेको छ । परम्परागत रुपमा अन्नबालीसँग आलु साट्ने प्रचलन रहेकामा पछिल्लो समय सडक विस्तार भएपछि सहरी क्षेत्रमा निकासी हुन थालेको हो ।

 

Related Post

Advertisement