काठमाडौं, माघ २३ । दरबारमार्ग प्रहरी प्रभागभन्दा दुई सय मिटर पश्चिममा अवस्थित ठमेलको मध्यभागमा सामुदायिक प्रहरीको कार्यालय छ, जुन भगवतीबहाल ठीक अगाडि पर्छ । त्यहाँभन्दा तीन सय मिटर टाढा सोह्रखुट्टे प्रहरी कार्यालय छ ।
त्यहाँ नजिकै थुप्रै गेष्ट हाउसहरु छ । प्रत्येक गेष्ट हाउसमा तीन÷चार जना किशोरहरु कार्यरत छन् । उनीहरुको जागिर छ– ‘माल’ यसको ठाउँसम्म ग्राहक पु¥याउने । किशोरहरु दाम मिलाएर ग्राहक लिएर जान्छन् र केही कमिसन प्राप्त गरी भोका ग्राहकलाई तृप्त पारी पठाउँछन् । फेरि अर्को ग्राहक खोज्छन्, क्रमशः भोकाहरु तृप्त भएर जान्छन्् । तर, प्रहरी ड्युछटीमै स्ट्यान्डबाई देखिन्छन् ।
यौनकर्मलाई कानूनी मान्यता नदिइए पनि यो चिसो मौसममा पछिल्लो समय राजधानी उपत्यकामा यौन व्यवसाय तातिरहेको छ । राजधानी वरपरका गेष्टहाउसदेखि राजधानीभित्रका वस्तीहरुमा फल्याट भाडामै लिएर यो धन्दा फस्टाएको छ । काठमाडौं पनि मिनी बैंककमा परिणत भइसकेको छ । राजधानी उपत्यकामा मात्र करिब तीन हजार व्यवसायिक यौनकर्मी रहेको अनुमान गरिएको छ ।
यस्तै एक उदाहरण हो– लाजिम्पाट एरिया । प्रसंग हो सोमबार रातिको । राति जे भयो जस्ताको तस्तैः– लाजिम्पाट एरियामा रहेको एक गेष्ट हाउसमा करिब १० बजेतिर पुगे सुत्नको लागि । दुई जना दाईको साथमा थिए ।
केहीबेर त्यसै बसेका हामी नजिकै एउटा केटी आइन् । ओठमा भद्दा खालको लिपस्टिक थियो । अनि नजिक आउँदा अत्तरको अलि बढी नै ‘सुगन्ध’ आइरहेको थियो । हेर्दाहेर्दै एउटी युवतीले टाँस्सिएर भनिन्, ‘दाई कस्तो जाडो छ । न्यानो पार्ने हैन ? हामीसामू उनले प्रश्न गरिन् । उनले भनिन्, ‘ह्वीस्की मगाउनुस न् ।’ विषयलाई अन्त नमोडिकन उनलाई सोधें ‘तिमीहरु ग्राहकसँग कति लिन्छौ ?’ पहिला त कुरा गर्न नमानेकी पछि भने सबै वृत्तान्त बताइन् ।
सिन्धुपाल्चोकबाट एक वर्षअघि काठमाडौं झरेकी विमला (नाम परिवर्तन)का अनुसार त्यहाँ धेरैजसो पुरुषहरु एक्लाएक्लै आउने गर्छन् । त्यसरी यौन प्यास मेट्न आउने ग्राहकले युवतीलाई सात सयदेखि एक हजार र कोठा भाडा बापत पाँचसय रुपैयाँ बुझाउनुपर्छ ।
‘अनी प्रहरीले छापा मार्दैन त ? खतरा छैन ?’ भनेर सोध्दा अर्की युवती नुवाकोटबाट आएकी १८ वर्षीया सिता (नाम परिवर्तन)ले भनिन्, ‘साहुले सबै सेटिङ मिलाएको छ क्या । त्यस्तो खतरा छैन । कप्स (प्रहरी) आउने भयो भने पनि पहिल्यै खबर आइहाल्छ ।
‘यो गेष्ट हाउसमा भर्खरका युवा मात्र हैन, अधवैंशेहरु पनि आउने गर्छन्,’ ती केटीले भनिन्, ‘सरकारी कार्यालयका अधिकारीदेखि कतिपय राजनीति दलका तल्लो तहका नेताहरु पनि आउने गर्छन् । एक घण्टाको पाँच सय रुपैयाँ पाएपछि रिसोर्टका मालिक पनि मालामाल छन् ।’
त्यति कुरा गर्दैगर्दा एक जना २१÷२२ वर्षकी युवती मेनु लिएर आइन् । मेनु हेरेर अर्डर गर्न नपाउँदै अर्की एक युवती आएर छेउमै टाँस्सिएर बसिन् । हेर्दाहेर्दै अली पर अर्की युवती आइन् । त्यहाँ करीब चार–पाँच जना युवतीहरु देखा परे । युवतीहरुले महंगा ज्याकेट लगाएका थिए । गोडामा घुँडासम्म आउने बाक्ला जुत्ता लगाएका थिए ।
‘चिया बनाउँ कि ? बियर ल्याइदिउँ की, मर्जी होस्’, उनले भनिन् । उमेरले २० पनि नकटेकी उनी विछट्टै राम्री देखिन्थिन् । गोरो र बाटुलो अनुहार । आँखामा पातलो घेरामा गाजल लगाएकी । परेलालाई ब्युटीपार्लरमा गएर मिलाएकी । ज्यान खँदिलो । उचाई त्यस्तै ५ फिटकी । मोटाई ठिक्क ।
‘चिया भए पुग्छ’ मैले भने । उनले ‘ए दाई’ हाम्रो हिरोहरुलाई चिया बनाउनु त ।’ अनि हामीतिर फर्केर भनिन्, ‘के छ त विचार ? केहीबेरमै त्यहाँ अरु केटीहरु आइन् । हेर्दा २१–२२ वर्षकी जस्ती देखिने ति युवतीलाई मन थियो त यौन प्यासको ।’
त्यसपछि उनले हामीलाई सुत्नको लागि कोठामा लगिन् । त्यो कोठा अलि अँध्यारो खालको थियो । झ्याल सबै थुनिएका । बेड एउटा मात्र थियो । कोठामा अली अली चुरोट र रक्सीको गन्ध आइरहेको थियो । सायद अघिल्लो रातका ग्राहकहरुको अवेशष हावामा बाँकी रहेको। कोठाभित्र छिरेपछि पैसाको मोलमोलाई सुरु भयो । उनले भनिन्, ‘पच्चिस सय रुपैयाँ लाग्छ ।’
मसँगै गएको दाइले भने, ‘पन्ध्र सयमा मिलाउनुस् न ।’ उनले झर्कदैँ भनिन्, ‘हेर्नुस्, हजूर पहिलो पटक आइस्या भएर मात्र मैले पच्चिस सय भनेको । नत्र त रेट तीन हजार हो ।’
पच्चिस सय कति नै हो र ? बजारमा किनमेल गर्न निस्कदाँ एक घन्टामै सकिन्छ । ग्राहक पच्चिस सय तिर्न तयार हुन्छन् । अचेल यौन धन्दाले बडो सभ्य, शिष्ट र व्यवस्थित कलेवर ओढेको छ । कसैलाई सुईंकोसम्म नहुने यस्ता रेसिडेन्सल एरियामा हुने यौन धन्दाको सञ्जाल बढ्दै गएको छ ।
सुत्रका अनुसार राजधानीमा मात्र यस्ता करिब तीन सय अखाडा छन्, जहाँ समाजका विशिष्ट व्यक्तित्वहरु समेत यौन प्यास मेटाउन जाने गरेका छन् । ति अखाडाको सञ्चालन गर्ने गर्छन् । उनीहरु समय तालिका मिलाएर ग्राहकलाई बोलाउँछन् । कसैको समय आपसमा जुध्न पाउँदैन । कसै कसैले भने प्रहरीसँगै सेटिङ मिलाएर निर्धक्क धन्दा चलाइरहेका छन् ।
दरबारमार्ग र सोह्रखुट्टेमा पोस्टिङ हुने नयाँ प्रहरी अधिकारीका लागि यस्ता अखाडाहरु दाम आम्दानी गर्ने भरपर्दा आधार हुन् । साभार: नेपालीपत्र