पहिलोपटकको शारीरिक सम्बन्धपछि किन पछुताउँछन् महिला ?

अनलाइन दर्पण 2018-04-14
img

अचानक कसैसँग शारीरिक सम्बन्ध राख्नु भनेको ‘क्याजुअल सेक्स’ हो । व्यक्तिले यसमा सहमति र चाहना दुवै राख्ने गर्छन् । तर, यो खाले सम्बन्धले प्रायः केटीमा पछुतोको भावना ल्याउने गर्छ । 

हालै गरिएको एक अध्ययनले बताएअनुसार सम्बन्धको सुरुवात यदि केटीले गरेका छन् भने त्यो खालको भावना उनीहरुमा आउँदैन । पहिलो अध्ययनले बताएअनुसार ‘एक रातको बसाइ’ मा पुरुषभन्दा महिला बढी पछुताउने गर्छन् । 

तर यो वास्तविकता पनि हो । भनिराख्नु जरुरी छैन तर, शोधकर्ताहरुले नर्वे र अमेरिकाका केही विश्वविद्यालयका करिब साढे सात सय विद्यार्थीमा गरेको अध्ययनअनुसार केही कुरा स्पष्ट पारेका छन् । 

जसमा केटा र केटीबीचको सोच एकदमै अलग अलग पाइएको थियो । यस अध्ययनले बताएअनुसार केटीले यदि आफ्नो यौन पार्टनरबाट सन्तुष्ट हुन नसके सन्तुष्ट गराउने जोकोही रोज्ने बताएका थिए । त्यसबखत उनीहरुमा कुनै प्रकारको ग्लानी तथा खेदसमेत नहुने बताएका थिए । 

यस अध्ययनमा सामेल भएका महिला अर्थात् केटी सबै ३० वर्षभन्दा कम उमेरका थिए । 

पहिलो अध्ययनले महिलाको तुलनामा पुरुष निकै कम पछुताउने बताएका थिए । साथै यो पनि भनिएको थियो कि सेक्सको प्रस्ताव कसले राखेको थियो । 

युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक डेबिड बज भन्छन्, ‘यदि यौन सम्बन्ध महिलाले नै राखे दुई खास चिज बाहिर आउने गर्छ– पहिलो, उनी सेक्सका लागि सकारात्मक छिन्, दास्रो, महिलाले खुलेर आफ्नो इच्छा व्यक्त गर्छन्, जसका कारण उनीहरुमा कुनै अपराधबोध हुँदैन । र उनीहरुमा कुनै किसिमको दबाबयुक्त भावना आउँदैन ।

तर उता टेक्ससका प्रोफेसर जोन पी वाकाफ भन्छन्, ‘खासगरी यौनसम्बन्धमा महिला अर्थात् कटीको खुसी तथा उनको स्वीकारोत्तिले बढी महत्व राख्ने गर्छ । 

र क्याजुअल सेक्सबाट हुने असर तथा यसले पार्ने प्रभावबारे अन्त्यमा के निष्कर्ष निकाल्न सकिन्छ भने यो खाले सेक्सले पार्ने प्रभाव र महिला तथा पुरुष एकअर्काको यौन पार्टनरसँग सम्बन्धित रहन्छ ।

जसका कारण शारीरिक सम्बन्धका कारण आगामी दिन र त्यसपछिका समयमा प्रभाव नपरोस् । यदि सम्बन्ध राम्रो भए महिलाले पछुताउने कुनै कारण आउँदैन । एजेन्सीकाे सहयाेगमा

सम्बन्धित समाचार

Advertisement