सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ?

अनलाइन दर्पण 2018-04-24
img

सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ?

तपार्इंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने विषयमा कुरा गरौं महिलाले कसरी यौनसुख कसरी प्राप्त गर्छन् ?

मानव यौन प्रतिक्रिया चक्रको चार चरणमध्ये उत्तेजनाको चरण (एक्साइटमेन्ट फेज) अनि प्लाटो फेज पार गर्दै तेस्रो चरण चरमसुख (अर्गाज्म फेज) पुग्दा नै हामीले यौनसुख प्राप्त गरेको अनुभव गर्छाैं । त्यसपछिको अन्तिम चरण भनेको रिजोलुसन फेज हो, जसमा शरीर पुरानै अवस्थामा फर्कन्छ ।

महिलाले विभिन्न किसिमले यौन उत्तेजनालाई निरन्तरता दिँदै जान सक्छन् । यसका लागि महिलाले आफ्ना विभिन्न यौन संवेदनशील अङ्गको घर्षण–मर्दन गर्छन् । महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर हो । तपाईंलाई थाहै होला, ‘भगांकुर’ बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी योनि अर्को महत्वपूर्ण अङ्ग हो । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । तपार्इंले के कुरा बुझ्न जरुरी छ भने सम्पूर्ण योनिको लम्बाइलाई हेर्ने हो भने यसको भित्री भाग अर्थात् पाठेघरतिरको भाग होइन कि बाहिरतिर एक तिहाइभाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणतया छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ, अर्थात् ३ दशमलव ५ इन्चको लिङ्ग योनिको बाहिरतिरको १ दशमलव ३ जतिको यौनसंवेदनशील भागको घर्षण गर्न पर्याप्त हुन्छ ।

योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठ एवं अग्रभागमा रहेको  भाग पनि यौन संवेदनशील हुन्छ । त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । व्यक्ति–व्यक्तिमा फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तीघ्रा, नाभी क्षेत्र आदि अङ्गहरू पनि यौन संवेदनशील हुन्छन् ।

पुरुषको तुलनामा महिलाले यौन सुख प्राप्त गर्ने कुरा लिङ्गमा मात्र केन्द्रित हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गको अधिकतम प्रयोग गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले समेत उत्तेजित हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।

के महिलाले यौनसन्तुष्टि प्राप्त गर्न लामो लिङ्ग नै चाहिन्छ ?

धेरैजसो पुरुषमा लिङ्गको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो आफ्नो यौनसाथीलाई यौन सुख प्रदान गर्न सक्छु कि सक्दिन भन्ने विषयमा हुन्छ । यसमा गहिरिएर हेर्ने हो भने लिङ्गको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने–दिने कुरामा मात्र सीमित नभै पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले यस्तो भएको हुन्छ । पौरुषत्वसँग जोडिए पनि कतिपय व्यक्तिको सोचविपरीत लामो लिङ्गबाट बढी यौन सुख दिन सकिने वा लिन सकिने भन्ने चाहिँ होइन ।

यौनसुख दिन वा लिन लिङ्गको नापभन्दा अन्य कुराहरू बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु जरुरी छ । महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षणका लागि लिङ्ग नै आवश्यक छ भन्ने होइन । जहाँसम्म लिङ्ग–योनि मैथुनको प्रश्न छ, यो सानो होस् वा लामो यसको घर्षणबाट यौनसुख प्रप्त गर्न सकिन्छ । यदि पुरुषले हातले लिङ्गलाई समाएर गरिने हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने उक्त लिङ्गबाट यौन सुख लिन सकिने कुरामा ढुक्क भए हुन्छ ।

हुन सक्छ, कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला, तर त्यसैका आधारमा बढी यौन आनन्द प्राप्त हुनेचाहिँ होइन । केही अध्ययनअनुसार यौनसम्पर्कका बेला महिलाले पुरुषको लिङ्गको नापलाई खासै ध्यान नदिएको कुरा पनि उल्लेख छ । कहिलेकाहीं यौन क्रियाको चरमोत्कर्षमा पुग्न लागेका बेला मुखबाट निस्कने वाक्य जस्तै— ‘अझै भित्र पसाऊ’ कै आधारमा कसैले आफ्नो लिङ्ग सानो भएको मान्नुपर्ने कारण छैन । अब त पक्कै बुझ्नुभयो होला कि लिङ्ग एकहदसम्म सानो भए पनि यौनसुख मज्जाले लिन वा दिन सकिन्छ ।

के गर्नुपर्ला ?

प्रश्नका आधारमा तपाईं महिला भएको संकेत मिल्छ । तपार्इंले यो प्रश्न नै किन गर्नुभयो स्पष्ट छैन । अब तपार्इंले बुझिसक्नुभयो होला, महिलाले यौनसुख प्राप्त गर्न लामो लिङ्गको आवश्यकता पर्दैन । सामान्यत: चरम सुख प्राप्त गर्न महिलालाई पुरुषको तुलनामा केही बढी समय लाग्ने भएकाले यौन क्रियाकलापमा संलग्न हुने सन्दर्भमा पर्याप्त पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख प्राप्त गर्न मद्दत पनि गर्छ ।

महिला–पुरुष दुवैले साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरमसुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यकता पनि छैन, पालोपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । अन्तमा, के भनौं भने अर्को व्यक्ति, उसको अङ्ग वा क्रियाकलाप तपाईंको यौनसुख प्राप्तिमा सहयोगी मात्र हुन सक्छ, यौनसुख तपाईं स्वयंले खोज्ने वा प्राप्त गर्ने हो । जस्तो कि कसैले राम्रो दृश्य देखाउन सहयोग गर्न सक्छ, तर त्यो रमणीय दृश्यको आनन्द त व्यक्ति आफैंले प्राप्त गर्ने हो । –साप्ताहिकबाट

सम्बन्धित समाचार

Advertisement