सफल यौन जिवनका लागि यी ७ काम कहिल्यै नगर्नुस

अनलाइन दर्पण 2018-07-13
img

तपाइँहरू आफ्नो बेडरुममा भएको बेला यी कुराहरु भुलेर पनि नगर्नुहोस् । यदि यी कामहरू गर्नुभयो भने तपाइँको सेक्स लाइफनै खतरामा पर्न सक्दछ ।

१. बेलुकीको खाना धेरै ढिला खाने काम नगर्नुसः

यदि तपाइँ बेलुकीको खाना धेरै ढिला खाने गर्नुहुन्छ भने यसले तपाईंको तौल मात्र बढाउने नभै तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउँदछ । त्यसैले बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु आवश्यक छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नु राम्रो हुन्छ ।

२. बिदाको बेलामा धेरैबेर समय सम्म नसुत्नुसः

तपाइँ साताभरीको सबै निद्रा बिदाको दिन त होनि भनेर पुर्याउने कुरा सोच्नुहुन्छ भने यसो नगर्नुस । शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुडमा शिथिलता ल्याउँदछ । बिदाको दिनमा धेरै समयसम्म सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्याले सताउनेछ । अरूबेला जति समयसम्म सुत्नुहुन्छ, त्यति समयमा नै उठ्ने प्रयास गर्नुहोस् यसो गर्नाले तपाइँलाइ फाइदा पुग्नेछ ।

३. पार्टनरसंग केही समय छुट्टै बस्नुहोसः

यदि तपाईं तथा तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नेगर्नुहुन्छ र अफिसबाट पनि एकसाथ घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्न सक्छ । यसका साथै सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले तपाइँलाइ असर पार्न सक्छ । यदि आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा बस्नुहोस यसले गर्दा तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा तपाइँले केही राम्रो गर्न सक्नुहुन्छ ।

४. तपाईं पिल्स खानुहुन्छ ? 

यदि तपाईं आफ्नो टाउको दुख्नासाथ औषधी खाने गर्नुहुन्छ भने एक सर्वेक्षणमा देखिए अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछ । यसका साथै टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ । धेरैजसो महिलाहरुले गर्भ नरहोस् भनेर गर्भनिरोधक औषधीहरु दैनिक रूपमा खाने गरेको पाइन्छ । यदि तपाइँ बिरामी हुनुहुन्छ भने पिल्स खाँदा फरक पर्दैन तर पनि डाक्टरको सल्लाह अनुसार मात्र औषधी खाँदा राम्रो हुन्छ ।

५. निरन्तर व्यायाम नगरेमाः 

हालै गरिएको अनुसन्धानहरूले देखाए अनुसार निरन्तर व्यायामका कारण तपाईंको सेक्स लाइफमा रौनकता थप्ने काम गर्दछ साथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । दैनिक व्यायाम गर्नुहोस वा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्नु भयो भने पनि यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन गर्नमा मद्दत गर्दछ । तर पनि अधिक व्यायाम भने राम्रो हैन ।

६. सुत्ने बेलामा समाचार पढ्ने गर्नुहुन्छः

यदि सुत्ने बेलामा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरु मोबाइल, टिभी अथवा अनलाईनमा पढ्नुहुन्छ भने यसले तपाईंको दिमागमा तनाव पैदा गर्दछ । जसले बेडमा सेक्सी फिल गर्न अलि गाह्रो हुन्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ । यसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँदछ । यसका साथै ल्यापटप र मोबाइलमा ध्यान दिनु भनेको आफ्नो पार्टनरमा मन नजानु पनि हो । सुत्नुअघि इन्टरनेटमा ब्राउजिङ्ग गर्नुभन्दा मनतातो पानीले नुहाउने वा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । यसका साथै सुत्नुअघि आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसालेमा पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँदछ ।

७. पोर्न फिल्म तपाईंको प्रेरणा हो भनेः

तपाइँले आफ्नो पार्टनरका साथमा बेडमा केहि वाइल्ड गर्नु भनेको राम्रै हो तर त्यसलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ । पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । तपाइँले माया र आदर हराउन नदिनुहोस् ।
सेक्सको भरिपूर्ण आनन्द लिन आफूले हेरेका भिडियोभन्दा आफ्नै शैली प्रयोग गर्नुहोस् । यसका साथै दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै किसिङ्ग र अंगालोले बेहेर्ने जस्ता कार्य गर्नाले पनि तपाईंको पार्टनरलाई केहि रमाइलो गर्न मन हुन्छ ।

यी उपायहरू अबलम्बन गरेमा तपाइँको यौन जिवन सफल हुने कुरामा कुनै शंका छैन ।

महिलालार्इ यौनसम्पर्कको कस्तो शैली मन पर्छ ? अध्ययन यसो भन्छ

कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् । हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि सेक्समा के कुराले मूड अन गरिदिन्छ ? भन्ने विषयमा सोधिएको थियो । उक्त अनलाइन सर्भेक्षणले केही रोचक नतिजा दिएको छ ।

झण्डै चार लाख मानिसले भाग लिएको उक्त सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले सेक्सका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए ।

त्यस्तै ६२ प्रतिशत महिलाहरुले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौँसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन पर्ने बताए ।

६० प्रतिशत महिलाले यौन सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रण गर्दा आनन्द आउने बताएका छन् ।

जिउका रौँ तान्नु, नियन्त्रणमा लिनु, फोहोर बोल्नु तथा जिउमा टुक्नुजस्ता व्यवहार गरेर गरिने यौन सम्पर्कलाई महिलाहरुले सबैभन्दा रुचाएको अध्ययनले देखाएको छ ।

चरम यौन सन्तुष्टिका लागि के गर्ने ? जानिराखौ

चरम सुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिए जस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न ।

पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर, महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ ।

महिलाको चरमसुख पुरुषको भन्दा पृथक र जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुष साथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ ।

भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरम सुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका ‘क्लिटोरिस’ र ‘जी स्पट’ उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरम सुखबाट वञ्चित हुन्छन् । केहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन ।

मधुमेहका रोगी, मानसिक रोगी, हाइपर टेन्सनको औषधि सेवन गरिरहेकाहरू, ‘साइकोजेनिक’, अत्यधिक मद्यपान गर्नेहरू र लागुऔषध सेवन गर्नेहरूको यौन जीवन गतिलो हुँदैन । डिप्रेसनमा गएको व्यक्तिको सेक्स लाइफ पनि लथालिङ हुन्छ । अनावश्यक चिन्ताले पनि यौन जीवन दिन प्रतिदिन बिगारिरहेको हुन्छ ।

डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हु“दैन । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुका साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चरमोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखा पर्न सक्छ । यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिनु पर्ने हुन्छ ।

डिप्रेसनमा गएकाहरूको उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउँछ र सेक्स प्रक्रियामा अवरोध देखा पर्छ । सेक्स प्रक्रियामा कठिनाइ, नकारात्मक विचार तथा अनावश्यक शंका–उपशंकाका कारण पतिपत्नीको सम्बन्ध नै धरापमा पर्न सक्छ । परिवार नै भताभुंग हुन सक्छ । डिप्रेसन जटिल बन्यो भने सेक्स लाइफ मात्र होइन, सिंगो जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले धेरै चिन्ता लिने र यौन सन्तुष्टि भएन भनेर थप चिन्ता बढाउने गर्नेले समस्या झनै जटिल बन्दै जान्छ ।

यौन सन्तुष्टिका लागि मानसिक रूपमा सन्तुष्ट हुने अवस्था सिर्जना गर्नुपर्छ । पार्टनर, परिवेश, ‘फोरप्ले’लगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ । 

सम्बन्धित समाचार

Advertisement