यौन सम्पर्क (SEXUAL INTERCOURSE) राख्दा शरीरमा के के हुन्छ ?

अनलाइन दर्पण 2018-07-19
img

यौनसम्पर्कको सामान्यतया चार चरणहरू हुन्छन् उत्तेजना (Excitement), धारण (Plateau phase), चरम आनन्द (Orgasm), सम्पन्नता (Resoluton) को चरण । जब मानिसमा यौन चाहना आउँछ, त्यतिबेला स्नायु प्रणाली क्रियाशील हुन्छ । उत्तेजना हुँदा शरीरले एड्रिनलिन (Adrenaline) नामक हर्मोन बाहिर निकाल्छ । यसले मांशपेशीहरूलाई तन्काउँछ, श्वासप्रश्वासको गतिलाई बढाउँछ, रक्तप्रवाह बढ्छ र मुटुको धड्कनलाई छिटो र जोडदार  बनाउँछ । शरीरमा उत्तेजना बढेर एकदम गर्मी भए जस्तो लाग्छ । पुरुषको लिङ्ग फुलेर दरो हुन थाल्छ । अण्डकोषको छाला बाक्लो हुँदा सोहोरिएर शरीरमा टांसिन्छ । महिलाको स्तन भरिएर मुन्टो कडा हुन्छ । रक्तप्रवाह बढ्नाले योनीबाट चिप्लो पदार्थ बग्न थाल्छ । योनीका बाहिरी भाग भित्र पस्छन् र भित्री भाग फुलेर पैmलिन जान्छ । उत्तेजित भएको बेलामा भगाङ्कुर (Clitoris) को लम्बाइ र त्यसको आकार बढ्छ ।

लिङ्ग अटाउने गरी योनीको आकारमा वृद्धि हुन्छ । यो उत्तेजनाको चरण हो । त्यसपछि रक्तप्रवाह बढ्नाले लिङ्गको आकार बढ्छ र यसको रङ पनि गाढा बैजनी हुन्छ । योनीको भित्री भाग र स्तन दुवै फुल्दै जान्छन् । लिङ्गको घर्षणले गर्दा योनीमा दबाब बढ्छ र उत्तेजना प्रभावकारी हुन्छ । आँखाका नानीहरू फैलन थाल्छन्, श्वासप्रश्वासको गति बढ्नुको साथै नाकका पोरा फुलेर घाँटीको नसा स्पष्ट देखिन थाल्छ ।यो धारणको चरण हो । धारणपछि चरम आनन्द प्राप्त हुन्छ । यति खेर अँगालो हाल्ने वा शरीरमा सुमसुम्याउने क्रियाकलाप एकदम बढेको हुन्छ र त्यसको लक्ष्यचाहिँ यौनसम्पर्कलाई तीव्र बनाउनु हो । मांशपेशीहरू कस्सिएका हुन्छन् र उत्तेजना जननेन्द्रियतर्फ केन्द्रित हुन्छ । बिस्तारै यो उत्तेजना सारा शरीरमा पैmलिन थाल्दछ । चरम आनन्द हुँदाखेरि मांशपेशीहरू स्वयं खुम्चिन्छन् । चरम आनन्दको अन्तिम अवस्थामा पुरुषको वीर्य स्खलन हुन्छ । पुरुषको बीर्य स्खलन हुनुभन्दा पहिले नै स्त्रीलाई चरम आनन्द प्राप्त भएन भने सम्पूर्ण यौनसम्पर्क क्रिया नै अपूर्ण हुन्छ । त्यसैले पुरुषले यौनसम्पर्क गर्दा स्त्रीलाई चरम आनन्द भइसकेको छ–छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । चरम आनन्दपश्चात् स्त्री– पुरुष दुवैलाई थाकेको अनुभूति हुन्छ । खडा भएको लिङ्ग बिस्तारैबिस्तारै शिथिल हुँदै गएर पहिलेकै अवस्थामा आउँछ । पिसाब गर्न मन लाग्छ । स्त्रीको योनी पनि बिस्तारैबिस्तारै आफ्नो पहिलेकै स्थितिमा आउँछ । भगाङ्कुर २० सेकेन्डमा र पाठेघर २० मिनेटमा आफ्नो सामान्य अवस्थामा आउँछन् जुन सम्पन्नता (Resoluton) को चरण हो । 

यौन सम्पर्कका लागि उत्तम समय कुन ?

यौन सम्पर्कका लागि सबैभन्दा उपयुक्त समय होला ? तपाईंहरुमध्ये धेरैको जवाफ रातको ८–९ बजे, बिहानको ३–४ बजे होला ।

तर विज्ञहरुका अनुसार रात वा बिहान झिसमिसे नभई यौन सम्पर्कका लागि अपरान्ह तिन बजेको समय सबैभन्दा उपयुक्त हुन्छ । बेलयाती हर्मोन विशेषज्ञ एलिसा भिट्टीका अनुसार महिला र पुरुषका लागि यौन सम्पर्कको सबैभन्दा उपयुक्त समय दिउँसोको ३ बजे हो ।

यद्यपि यो समयमा हामी धेरै आफ्नो घर वा कार्यालयको काममा व्यस्त हुन्छौँ । धेरैका लागि यो समयमा यौन सम्पर्क गर्नु सम्भव नहुन सक्छ । तर मौका मिल्ने हो र पर्याप्त योजना तथा तयारी गर्न सक्ने हो भने दिउँसो तिन बजेको समयमा गरिने यौन सम्पर्क सबैभन्दा आनन्ददायी तथा उपयुक्त हुने विज्ञहरु बताउँछन् ।

भिट्टीका अनुसार दिउँसोको यो समयमा महिलाको शरीर सर्वाधिक फुर्तिलो तथा सशक्त बनेको हुन्छ र कोर्टिसोल हर्मोनको मात्रा पनि उच्च हुन्छ । त्यस्तै पुरुषमा भने ओस्ट्रोजेन हर्मोनको मात्रा उच्च हुन्छ ।
त्यसैले ३ बजेको समय यौन सम्पर्क गर्दा सन्तुष्टिका लागि सबैभन्दा उपयुक्त समय मानिएकोे हो । हुनत पुरुषमा बिहानको समयमा टेस्टेस्टेरोन हर्मोनको मात्रा सबैभन्दा उच्च हुने भएकाले बिहानको सम्भोग उनीहरुका लागि सबैभन्दा उपयुक्त हुनसक्छ ।

तर महिला पार्टनरको पनि आनन्द वा दुवैजनाको सक्रियता तथा यौनसुखलाई ध्यान दिने हो भने दिउँसोको सम्भोग जत्तिको उत्तम केहीपनि हुन सक्दैन ।

विज्ञका अनुसार हप्ताका अन्य दिनमा कामकाजका कारण दिउँसो यौन सम्पर्क गर्न सम्भव नहुने भएपनि कम्तिमा विदाको दिन दिउँसो ३ बजेको समय निकालेर सहवासमा संलग्न भएर चरम यौन आनन्दको अनुभुति गर्न पनि विज्ञको सुझाव छ ।

सम्बन्धित समाचार

Advertisement