सेक्स कति पटक गरेकाे ? बताउने स्मार्ट कन्डम बजारमा आउँदै

अनलाइन दर्पण 2017-03-06
img

लण्डन – स्मार्ट वाच र स्मार्ट ग्लासपछि शरीरमा लगाउन मिल्ने प्रविधिप्रति आकर्षण बढिरहेको छ । घडी र चस्मापछि यस्ता नयाँ नयाँ उत्पादनहरु बजारमा आइरहेका छन्, जसमध्ये एक हो स्मार्ट कन्डम । यसको बिक्रीका लागि रजिस्ट्रेसन शुरु भइसकेको छ ।

यो स्मार्ट कन्डम निर्माण गर्ने कम्पनीले यसले विभिन्न प्रश्नहरुको जवाफ दिनेछ जसको बारेमा मानिसले कल्पना पनि गर्न सक्दैनन् ।

बेलायनको एक अनलाइन स्टोरमा यसको बिक्री प्रक्रियाको रेजिस्ट्रेसन शुरु भएको छ । कम्पनीले सन् २०१६ मा यो उत्पादनलाई बजारमा ल्याउने बताएको थियो ।

कम्पनीको दाबी छ कि स्मार्ट कन्डमले प्रयोगकर्तालाई सेक्स कति लामो, कति पटक र कति पछि गरेको भन्ने जानकारी दिनेछ ।

यसको नाम स्मार्ट कन्डम राखिए पनि यो परिवार नियोजनको साधन भने होइन ।

स्मार्ट कन्डम मात्र एउटा गोलाकार रिंग हो जसलाई कन्डमको फेदमा फिट गर्न सकिनेछ । यदी यसको साथ सामान्य कन्डम प्रयोग गरिएन भने यसले गर्भधारण रोक्न वा विभिन्न रोगको संक्रमणबाट बच्न मद्दत गर्न सक्नेछैन ।

कम्पनीको दाबी छ कि यसलाई पटक–पटक प्रयोग गर्न सकिनेछ । स्मार्ट कन्डममा राखिएको नानो चिप र सेन्सरले आँकडा जम्मा गर्नेछ । सेक्सपछि ब्लुटुथबाट मोबाइल एपमा जोडेर यसको तथ्यांक डाउनलोड गर्न मिल्नेछ ।

आँकडा डाउनलोड भएपछि त्यसको आँकडा आफै डिलिट हुने र पुनः प्रयोग गर्न मिल्ने सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार प्रयोग अघि यसलाई चार्ज गर्नुपर्नेछ । यसलाई युएसबी पोर्टबाट सजिलै गर्न सकिने उसको भनाई छ ।

एक पटक चार्ज गरेपछि यसलाई ७–८ घण्टासम्म प्रयोग गर्न सकिनेछ ।

यसको मूल्य करिब ७–८ हजार नेपाली रुपैयाँ पर्न आउँछ ।

उत्पादनको तस्विर अझै जारी नगरिएका कारण यसको प्रयोग सहज हुने छ वा छैन भन्ने अझै यकिन छैन ।

Related Post

Advertisement