महिलाले पनि गर्छन हस्तमैथुन । कसरी गर्छन् महिलाले हस्तमैथुन ?

अनलाइन दर्पण 2017-08-03
img

महिलाले पनि हस्तमैथुन गर्छन भनेको सुन्दा धेरैलाइ अच्चम्म लाग्न सक्छ । बरु बैकल्पिक यौन सम्बन्धमा सबै भन्दा सुरक्षित मानिन्छ हस्तमैथुन । किनकि हस्तमैथुन एकल यौनक्रियाकलाप हो । यौनक्रियाकलापका बारेमा गरिएका खोज अनुसन्धान अनुसार स्वस्थ्य र सुरक्षित यौन सम्बन्धहरूमा हस्तमैथुनका धेरै फाइदाहरू हुन्छन् । हस्तमैथुनबाट पुरूषहरूले मात्र होइन महिलाहरूले पनि भरपूर फाइदा प्राप्त गर्न सक्छन् र पुरुषले जत्तिकै आनन्द लिन सक्दछन ।

हस्तमैथुन सामान्य क्रिया

पुरूषका लागि जस्तै महिलाका लागि पनि हस्तमैथुन सामान्य यौनक्रियाकलाप अन्तर्गत पर्दछ । तर महिलाले गर्ने हस्तमैथुन भिन्न प्रकारका हुनसक्छ । विभिन्न अनुसन्धानहरुले बताए अनुसार सम्पूर्ण महिलाले आफ्नो जीवनकालमा कम्तिमा पनि एकपटक हस्तमैथुन गरेको हुन्छन । जसको उमेरसँग कुनै सम्बन्ध रहँदैन । हस्तमैथुन गर्दा महिलाले प्रायः औँला र विद्युतीय कम्पन दिने वस्तुको प्रयोग गरेको पाइन्छ । महिलाहरूले हस्तमैथुन गरेर आफ्नो यौनसाथी थाकेको बेला अथवा आफुसँग नभएको अवस्थामा हस्तमैथुनबाट पनि सन्तुष्टि प्राप्त गर्न सक्छन् ।

मनस्थिति ताजा राख्न हस्तमैथुन

यौनसाथी बिना नै हस्तमैथुन गर्न सकिने हुनाले विभिन्न तनावबाट महिलाले मुक्ति पाउँछन् । एकल यौनक्रियाकलापले महिलाहरूमा थप शक्ति बढाउनुको साथै उदास मनस्थितिमा सुधार ल्याउँछ । यो क्रियाकलाप एकल हुने हुँदा महिलाले यौनसाथीको सन्तुष्टिको चिन्ता बिना नै पूर्ण अनुभव लिन सक्छन् । आफ्नो यौनसाथीबाट चरम सुखमा पुग्न नसक्ता पनि महिलाहरू निराश हुने गर्छन् । त्यस्तो निराशाबाट मुक्त पाउने सबैभन्दा राम्रो उपाय पनि हस्तमैथुन हो ।

यौनजीवनमा सुधार

कतिपय महिलाले हस्तमैथुन गर्दा आफ्नो भविष्यको यौन जीवनमा खराव असर पर्ने हो कि भनेर भ्रम र चिन्ता पालेका हुन्छन् । उनीहरूलाई आफ्नो हस्तमैथुन गर्ने बानीले यौनसाथीलाई सन्तुष्टि दिन असफल भइएला भन्ने कुराले पनि सताएको हुन्छ । तर हस्तमैथुनले यौनसाथीसँगको सम्बन्धमा सुधार ल्याउन सक्छ । हस्तमैथुन गर्ने महिलाले आफूलाई सन्तुष्टि मिल्ने कुराको महशुस गरेका हुन्छन् र आत्मविश्वासका साथ यौनजीवनमा साथीसँग यौनसम्पर्क राख्न सक्छन् । कतिपय अवस्थामा त आफ्नो यौनसाथीलाई यौनक्रियाका बारेमा सिकाउन पनि सक्छन् । उत्तेजनात्मक वस्तुको साथ हस्तमैथुन गर्ने महिलाको यौनजीवनमा साथीसँगको यौनसम्बन्ध राम्रो रहन्छ । अझ हस्तमैथुन गर्ने महिलाले यौनसम्पर्कका बेला आफ्नो यौनसाथीलाई भरपूर सहयोग गरेर यौनजीवनलाई अझै सफल बनाइरहेका हुन्छन् ।

आनन्ददायी

हस्तमैथुनले आनन्द लिन सहयोग गर्छ । सामान्यतया महिलाहरू बढी नै तनावग्रस्त रहने गर्दछन् । त्यसैले स्वतः आनन्द दिने क्रियाकलापबाट तनाव भङ्ग हुने हुँदा हस्तमैथुनले महिलालाई तनावरहित आनन्दित तुल्याउँछ । यौनसम्पर्कबाट चरमसुख प्राप्त गर्न नसकेका महिलाले हस्तमैथुनबाट चरमसुख प्राप्त गर्ने हुनाले यो बढ्दा आनन्ददायी हुन्छ ।

पीडामुक्त

हस्तमैथुनले दुखाइ कम गर्न सहयोग गर्दछ । विशेषगरी हस्तमैथुनको सहयोगबाट महिनावारीसँग सम्बन्धित दुखाइ कम गर्न सकिन्छ । साथै एकनासले टाउको दुख्ने ‘माइग्रेन’ को पीडाबाट पनि छ्टकारा पाउन सकिन्छ ।

कसरी गर्छन् महिलाले हस्तमैथुन ?

 

धेरैजसो महिलाहरूले हस्तमैथुन गर्दा हातका औँलाहरू प्रयोग गर्छन् । त्यसबाहेक योनी भित्रको भङ्गाकुरलाइ मज्जाले चलाएर वा दवाव पैदा गराउँदै, सिरानिलाई दुवै तिघ्राले च्यापेर आनन्द प्राप्त गर्नु पनि हस्तमैथुन मानिन्छ । हिजोआज प्रविधि र बजारको विकासले गर्दा विद्युतीय कम्पन दिने साधन  (भाइब्रेटर) पनि पाइन्छ । कतिपयले मोवाइल फोनसेटलाइ भाइबर मुडमा राखेर योनीमा कम्पन गराइ आनन्द लिन्छन । लिङ्गको आकारका विभिन्न बस्तुहरूलाई यौनाङ्ग पसाएर पनि सन्तुष्टि लिएका हुन्छन । हिजोआज बजारमा कृत्रिम लिङ्गहरू (Sex Toys) पनि किन्न पाइन्छ । त्यसको प्रयोगले धेरै आनन्द लिन सकिन्छ । कसैकसैले त सफा र नरम कमडाको रूमाललाई योनीको भित्रीभागसम्म कोचेर एकैचोटी बाहिर तानेर निकाल्दा पनि आनन्द प्राप्त गरेका हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

हस्तमैथुन गर्नु पहिला हातका औलाहरु सफासँग धोएको हुनुपर्दछकृत्रिम लिङ्गको प्रयोग गर्नु पहिला र गरिसकेपछि यसको सफाइमा विशेष ध्यान दिनुपर्छ । किनकि कृतिम योनीबाट चिप्लो पदार्थको नआउँने हुँदा घाउ बनाउने र संक्रमण हुनसक्छहस्तमैथुन गरेपछि यसले कुनै पनि हानीनोक्सानी गर्दैन भन्ने कुरामा निश्चिन्तित हुने ।हस्तमैथुन गेर्न कुनै समय वा बार मिलाइरहनु पर्दैन । आफ्नो अनुकुलता अनुसार काममा बाधा नपुग्नेगरी सुरक्षित स्थानमा गर्न सकिन्छ ।

सम्बन्धित समाचार

Advertisement