पुरुष बेश्याको माग बढ्दै, यसकारण महिलाहरु रोज्छन पुरुष बेश्या

अनलाइन दर्पण 2017-11-05
img

बेलायतकी ४२ वर्षीया शारलोटले पहिलोपटक पुरुष बेश्या (मेल एस्कार्ट) अर्थात जिगोलोको सुवा लिइन् तब यसको कारण निकै साधारण थियो, अर्थात कुनै पनि प्रकारको भ्रमबाट बच्नु । उनी भन्छिन्–केही वर्ष पहिला मैले पहिलो पटक पुरुष बेश्याको सेवा यौन चाहना पूरा गर्नका लागि लिएकी थिएँ । बीबीसी मुन्डोलाई उनले भनिन्–साथीबिना एक्लै रहेको नाताले कुनै पुरुषका साथ बाहिर समय बिताउने विचारले मलाई खासै सुहाउँदैन थियो।

उनका लागि यो नयाँ सवाल होइन कि यदि उनलाई सेक्स निःशुल्क प्राप्त हुन सक्छ तब उनले पैसा तिरेर सेवा लिनु किन आवश्यक छ ? उनी भन्छिन्–यदि कुनै व्यक्ति तपाईलाई मन पर्दैन भने तपाई अन्तमा उससँग सुत्न पनि चाहनु हुन्न तब भ्रम उत्पन्न हुन जान्छ । म स्वयम यो दबावबाट गुज्रन चाहन्न थिएँ । त्यसैले पुरुष बेश्याको सेवा लिँदा सबै कुरा स्पष्ट हुन्छ । दुवै पक्षलाई थाहा हुन्छ कि चाहिएको के हो ? उनी भन्छिन्–अब त महिलाहरु यसकारण पनि यस्ता पेशेवर सेवा हासिल गर्न चाहन्छन् किनभने उनीहरुका साथीले ओछ्यानमा उनीहरुले चाहेजस्तो व्यवहार गर्दैनन् ।

शारलोट आफ्नो अनुभव सुनाउँदै भन्छिन्–यो निकै नै प्रोफेसनल थियो, केही पनि अनैतिक थिएन । यद्यपि यो कुनै रोमान्टिक थिएन । तर,निकै सुखद थियो । त्यहाँ म स्वयम सन्तुष्टिका लागि गएकी थिएँ । दुई घण्टाको सम्बन्धका लागि मैले १६० डलर भाडाका रुपमा तिर्नुपर्ने थियो ।

बढ्दो चलन

यद्यपि यो चलन कुन स्तरमा छ, यसमा कुनै विश्वव्यापी तथ्याङ्क छैन । तर, जानकारहरुका अनुसार यो चलन बढ्दो छ। ‘अर्जेन्टाइन सोसाइटी अफ ह्युमन सेक्सुअलिटी’ का अध्यक्ष तथा सेक्सोलजिस्ट एड्रियान सैपेटीका अनुसार ‘जति हामीले सोचेका छौ,त्यो भन्दा कयौ गुना व्यापक छ ।’ उनका अनुसार ‘वास्तवमा यसको सम्बन्ध महिलाहरुको नयाँ भूमिकाहरुसँग बढी जोडिएको छ । सेक्स किन्नुको सम्बन्ध शक्तिसँग छ र परम्परागत रुपमा यो पुरुषको मामिला रह्यो । तर अब महिलासँग पनि पैसाको शक्ति आएको छ र उनीहरु स्वयमलाई आनन्द लिने इजाजत दिन सक्दछन् ।’ महिलाहरुको यौन पर्यटनका विषयमा केही फरक फरक समाचारहरु प्रकाशित भएका छन्, जसमा केही महिलाहरु आफ्नो यौन चाहना पूरा गर्नका लागि विदा मनाउन एसिया र क्यारेवियाई मुलुकमा जाने गर्दछन् र मुद्रा वा उपहारका रुपमा भुक्तानी गर्ने गरेको उल्लेख गरिएको छ।


यी महिलाहरु कुन प्रकारको सेवा चाहन्छन्,किन यस्तो चाहन्छन्, उनीहरुको अपेक्षा के हुन्छ, शारीरिक र सेक्सुअल सुरक्षाका लागि के गर्छन्, यो कुरा जान्नका लाग प्रोफेसर सारा किंगस्टनले ‘वुमन हु बाय’ नामक परियोजना सुरु गरिन् । यो एउटा पहलकदमी थियो, जसमा बेलायतमा ती महिलाहरुको सर्व गरियो, जसले यौन खरिद गरिरहेका थिए ।

पुरुष बेश्याको संख्या तीन गुना बढ्यो
लैंकस्टर विश्वविद्यालयमा क्रिमिनोलजीका प्रोफेसर किंगस्टनले भने–हामीले पायौ कि यस सम्बन्धमा पत्रिकाहरुको वर्गीगृत विज्ञापनहरु र इन्टरनेटका विज्ञापनहरुको ६३ प्रतिशत हिस्सा महिलाहरुलाई सम्बोधित थियो । उनका अनुसार शोधबाट थाहा भयो कि सन् २०१२ मा पुरुष बेश्याको संख्या ५ हजार २ सय ४६ थियो, जुन यो वर्ष तीन गुना बढेर १५ हजार ७ सय ३२ पुगिसकेको छ। शोधकर्ताहरुले स्पष्ट रुपमा पाए कि महिलाहरु इन्टरनेटमा एजेन्सीहरुमार्फत पेशेवरको खोजी गर्दछन्, जबकि पुरुष परम्परागत तरिका बढी अपनाउँछन् ।

यद्यपि लण्डनमा महिला ग्राहकका लागि विशेष रुपले खुलेका बेश्यालय पनि फेला परेका छन्, जुन अहिले बन्द भइसकेको छ । सारा किंगस्टन भन्छिन्–हामीले अध्ययनका क्रममा हरेक उमेर समूहका महिला भेट्यौ, आमरुपमा जो एकांकी जीवन बाँचिरहेका छन्, राम्रो आम्दानी छ, आफ्नो काममा सफल छन्, उनीहरुका सन्तान ठुला भइसकेका छन्।

यो मामिलामा महिलाहरुको आवश्यकता अलि फरक हुन्छ । सारा किंगस्टनका अनुसार –समयको कमी वा त्यस्ता जोडी जुन एकअर्काको आवश्यकता पूरा गर्न सक्दैनन्, यस्तै केही कारण छ ।
सुरक्षा मुख्य कारण
यद्यपि यसको मुख्य कारण हो –सुरक्षा । एक जानकारका अनुसार कुनै पनि अपरिचित व्यक्तिसँग एक रात सम्बन्ध कायम गर्नुको साटो यस्ता एजेन्सीमार्फत सेक्स किन्नु बढी सुरक्षित तरिका हो । उनका अनुसार–यसमा पूर्व ग्राहकको पनि सहयोगीसिद्ध हुने गर्दछ, केही एजेन्सीले पुरुष बेश्यासँग पहिला नै परिचय पनि गराउने गर्दछन्, जुन आमरुपमा चाहन्छन् कि कन्डोमको प्रयोग होस् ।
एक जना विशेषज्ञका अनुसार जर्मनीमा वेभसाइट ‘१००१ गेशिस्टो’ जस्ता मामिलाबाट बच्नका लागि पनि महिलाहरु पनि यो तरिका प्रयोग गर्न थालेका छन्।
यो वेभसाइटले यस्ता महिलाहरुको बारेमा जानकारी संकलन ग¥यो, जसले दावी गरेका थिए कि प्रेमीहरुले उनका साथ धोकाधडी गरे, जसको सेक्स सेवाका लागि भुक्तानी पनि गरिएको थियो ।
बार्सिलोनामा महिलाहरुका लागि सेक्स सेवा दिने ३० वर्षीय क्रिस्टियन भन्छन्–यो निकै गोपनीय संसार हो, जहाँ अधिकांश ग्राहक आफ्नो खुसीले त्यो पनि एजेन्सीमार्फतआउने गर्दछन् ।

गोपनीय संसार
महिला ग्राहकको फोन एउटा गोप्य नम्बरबाट आउँछ । ‘यसबाट ग्राहकको ठेगाना पत्ता लगाउन कठिन छ र यो कुरा निकै गोपनीय हुन्छ ।’
क्रिस्टियन एक वर्षदेखि यो पेसामा छन् र उनको प्रोफाइलका अनुसार उनी आफ्नो सेवाका लागि प्रतिघण्टा १८०० रुपैयाँदेखि ३७७० रुपैयाँसम्म लिन्छन् । उनका ग्राहक ३० वर्षदेखि ५५ वर्षका महिलाहरु हुने गर्दछन् । सबैभन्दा युवा ग्राहक यसकारण आउँछन् कि उनीहरुमाथि कुनै दबाव नहोस् । जबकि उमेरदार महिलाहरु आफ्नो सन्तुष्टिका साथै युवासँग समय बिताउने चाहनाका साथ आउने गर्दछन् ।

उनी भन्छन्–जब एउटी युवती पुरुष यौनकर्मीको सेवा लिन्छन् तब उनीहरु साधारण सेक्स चाहँदैनन्, यद्यपि तपाई आफ्नो सीमा बताउन सक्नु हुन्छ । तर तपाईको काम त उनलाई सन्तुष्ट पार्नु नै हो । यो एउटा हृदयहीन संसार हो, जुन पैसाबाट मात्र चल्छ । २४ वर्षीय इभान म्याक्सिकोमा पुरुष बेश्याको काम गर्दछन् र कम्पनीको तर्फबाट उनलाई सबै भुक्तानी गरिन्छ ।

उनीभन्दा दुई वर्ष जेठा उनका दाजु पनि यही पेसामा छन् । इभान भन्छन्–उनीहरु निकै धनी ग्राहक हुन्छन्, जसलाई हामी स्पा वा स्पोर्टस क्लवजस्ता एकान्तमा भेट्छौ । उनीहरुमध्ये केही ३५,०० देखि ५० हजार रुपैयाँसम्मको अफर दने गर्दछन् ।
इच्छा बुझ्ने कोशिस

उनका भाइ भन्छन्–कतिपय अवस्थामा त यस्तो पनि हुन्छ कि महिलाहरु आफ्नो श्रीमान बुढो भएको र उदासिन भएका कारण पनि पुरुष बेश्यासम्म पुग्छन्, किनभन उनीहरुका आकर्षण अन्त्य भइसकेको हुन्छ र उनीहरु बेडोल हुन्छन्, हामी उनीहरुका लागि आनन्दको एउटा मौका बन्छौ र हामी उनीहरुको कुरा सन्छौ ।
तर, यस्ता सबै घटना मात्र सेक्ससँग जोडिएका हुँदैनन् । उनका अनुसार–यसमध्ये केहीले पार्टीहरुका लागि ब्वायफ्रेण्डका रुपमा सेवा लिन्छन् । उनीहरुले बताउँछन् कि यसक्रममा उनका साथमा सौम्य व्यवहार गरियोस, मानिसहरुका सामु एक जना निकट व्यक्तिका रुपमा प्रस्तुत होस् ।
केही महिलाहरु कामुक मालिस मन पराउँछन् । लण्डनमा यस्तो सेवा दिने एउटा कम्पनी छ–इन्टीमेसी मैटर्स । जुन बेलायतको कोलिन रिचर्डस चलाउँछन् ।
बीबीसी मुन्डोसँग उनले भने–यद्यपि म तान्त्रिक मसाज सेवा दिने गर्दछु तर म यसलाई सेक्सुअल भन्न रुचाउँछु ।
उनी भन्छन्–म ग्राहकलाई सबैभन्दा पहिला २५ प्रश्न समेटिएको एउटा प्र्रश्नपत्र दिने गर्दछु, ताकि उनीहरुको आवश्यकतालाई सबैभन्दा पहिला बुझ्न सकियोस् ।
उदाहरणका लागि उनीसँग सोध्छु कि के उनी हल्का मालिसका साथ अघि बढ्न चाहन्छिन् ? यसकै आधारमा दुई वा चार हातले मालिस प्रस्तुत गरिन्छ ।
शान्त पार्ने तरिका
अधिकांश समय यसको अन्त्य बिना शारीरिक सम्बन्धको सेक्सुअल सन्तुष्टिमा हुन्छ । रिचर्डसका अनुसार थेरापिस्टलाई आफ्नो पेशेवर हदमा रहनुपर्ने हुन्छ । उनी भन्छन् कि उनकोमा अर्जेन्टिना, क्यानडा, दक्षिण अफ्रिका, साउदी अरेवियाका सेलिब्रेटिज र राजकुमारीहरु, पोल डान्सर यहाँसम्म कि यौनकर्मीहरु पनि आउने गर्दछन् ।

उनी भन्छन्–सेक्स मनलाई शान्त पार्ने एउटा उत्तम तरिका हो । उनले भने–यो त्यही जस्तो हो जस्तो कि हवाई यात्रादेखि डराउने कुनै व्यक्तिलाई यो कति सुरक्षित र आरामदायक छ, त्यसकारण एक दिन भए पनि यस्तो यात्रा त गर्नैपर्छ भनिन्छ । यो बिल्कुल त्यस्तै हो ।३४ वर्षीया सारा एन्डोक्रायनोजलिस्ट हुन् । उनको प्रेमी भए पनि उनले कामुक मालिस गराउने निर्णय गरिन् ।

उनले बीबीसीसँग भनिन्–सेक्सका विषयमा उनी स्वार्थी छन् । आफ्नो सन्तुष्टिपछि उनी अरु केही परवाह गर्दैनन् । र, यो मेरा लागि धेरै आनन्ददायक पनि हुँदैन ।
उनी भन्छिन्–यो त्यस्तो स्थिति हो, जसबाट महिलाहरु गुज्रने गर्दछन् । किनभने पुरुष सेक्सको विषयमा राम्रोसँग शिक्षित हुँदैनन् । उनीहरु समय बिताउँदैनन्, उनीरु सुन्दैनन र न त आफ्नो साथीको सन्तुष्टिको चिन्ता नै गर्दछन् ।

५२ वर्षकी कैमिली भन्छिन् कि उनले सेक्स सेवा यसकारण चुनिनु ताकि ‘नयाँ अन्दाजबाट परिचित हुन सकुन् र सेक्सपछिको आनन्द महशुस गर्न सकुँ ।
उनी भन्छिन्–यसमा थेरापिस्ट सहयोगी सावित हुन्छन्, ‘र अन्ततः आफ्नो सेक्सुअलिटीमा आफ्नो अधिकार होस, यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।- बीबीसी हिन्दीबाट

सम्बन्धित समाचार

Advertisement