कस्ता युवाहरु देखि आकर्षित हुन्छन् युवतीहरु

अनलाइन दर्पण 2017-12-20
img

सामान्यतया युवाहरु जस्तै युवती देखेपनि आकर्षित हुने गरेको पाइन्छ् । सायद त्यसैले भनिएको होला केटाले चाहे एक जुग केटीले चाहे एकै छिन् । आखिर युवतीहरु कस्ता युवाहरु देखि आकर्षित हुन्छन त् । त्यसमा सबैको आ आफ्नै घारणा हुन सक्छ । तर, पुरुषको बाह्य आकर्षणका साथै आन्तरिक क्षमता तथा स्वभाव महिलाहरुको छनोटको मुख्य कसी बन्दछ । आखिर केटाहरुमा हुनुपर्ने ती विशेष गुणहरु के के हुन् त् जसले युवतीहरुको मन जित्न सक्छन्
बुद्धिमान स् युवकले कुराकानीमै चाखलाग्दो तथा बौद्धिक रुपमै उत्प्रेरणादायी कुरा गरोस् र युवतीले जनाउने प्रतिक्रिया ध्यान दिएर सुनोस् । सेन्स अफ ह्युमर होस् र बेलाबेलामा हँसाउन सकोस् । दिक्क लाग्ने राजनीतिलाई पनि रोचक रुपमा प्रस्तुत गर्न सकोस् ।

आत्मविश्वासी

आफुप्रति पूर्णरुपमा विश्वासी रहेको युवकले युवतीहरुको ध्यान खिच्न सफल हुन्छ । सार्वजनिक रुपमा सकारात्मक हुने र शक्ति तथा नियन्त्रणको क्षमता प्रदर्शन गर्न सक्ने युवकप्रति युवतीहरु विशेष रुपमा लालायित हुन्छन् । अरु पुरुषको सफलता र सौन्दर्यप्रति डाहा नगर्ने तथा गर्लफ्रेन्डको अन्य पुरुष साथी तथा सहकर्मीप्रति शंकाको दृष्टिले नहेर्ने युवकहरु विशेष प्राथमिकतामा पर्दछन् ।

कलात्मक 

यसको अर्थ युवतीले मन पराउनका लागि युवक कुनै कलाकारै हुनुपर्छ भन्ने छैन । तर चञ्चल स्वभावको तथा हरेक कुरालाई सहज लिएर हँसीमजाकमा क्षण कटाउने युवकलाई युवतीहरुले मन पराउँछन् । आफ्नो सिर्जनशीलताले अरुलाई मख्ख पार्नसक्ने, जस्तै आफुले लेखेका कविता, बनाएका चित्र, कथेका चुट्किला, लेखेका गजल आदि सुनाएर केटीसाथीलाई खुसी पार्न सक्ने युवकहरुलाई प्रेमिकाको खडेरी पर्दैन ।

सहयोगी तथा संवेदनायुक्त 

अर्काको भावनाको कदर गर्ने, कामलाई सानो नभन्ने, हरेक कुरामा सहयोग गर्ने युवकले युवतीको मन जित्न सक्छ । आफ्ना हरेक समस्या तथा विषयहरुमा कसैले ध्यान दिओस् र सहयोग गरोस् भन्ने चाहना आम युवतीहरुको हुन्छ र सोही आवश्यकतालाई सम्बोधन गर्नसक्ने पुरुषहरु भाग्यमानी बन्दछन् ।

स्वतन्त्रताप्रेमी

स-साना कुरामा मतलब नगर्ने, मूडी प्रकृतिको तथा स्वतन्त्र हिसाबले अघि बढ्ने र साहसिक काममा हात हाल्ने युवकहरुले युवतीहरुको मन जित्न सक्छन् । डरपोक, परम्परावादी तथा कञ्जुस युवकहरुले युवतीहरुको मन जित्न सक्दैनन् ।

यो पनि पढ्नुहोस् – कस्ता पुरुषसंग यौन संबन्धका लागि मरिमेट्छन महिलाहरु

सुखमय वैवाहिक जीवनमा सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । तर, अधिकांश मानिस सेक्सलाई मात्र शरीरको भोक मान्छन् र उनीहरुको सेक्स लाइफ बिस्तारै बिग्रदै जान्छ । यसका साथै उनीहरूको वैवाहिक जीवनमा पनि कटुता आउन थाल्छ ।

सेक्सका दौरान फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ । फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ र संबन्धमा पनि प्रगाढता आउछ ।

यो पनि पढ्नुहोस् – महिलाले कसरी लिन्छन् चरम सन्तुष्टि (सेक्स सम्बन्धी अनौठा तथ्य)
सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी संबन्ध भावनात्मक हुन्छ । सेक्सलाई शारीरिक जरुरत मात्र नसम्झिएर त्यसलाईपूर्ण रुपमा आनन्द उठाउनुपर्छ । यसका लागि सेक्सअघि फोरप्ले जरुरत हुन्छ । हतारमा शरीरको आवश्यकता पूरा गर्ने हिसाबले केही मिनेटमै स्खलित भएर विपरित दिशामा सुत्ने बानीले पत्नीमा सेक्सप्रति अरुची पैदा हुन सक्छ । त्यसैले सेक्सको भरपूर आनन्द उठाउन फोरप्ले आवश्यक हुन्छ ।नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट फाइदा हुने

फोरप्लेबाट दुवैजनाको सेक्सग्रन्थी खुलेर पूर्ण रुपमा क्रियाशिल हुन्छ । अधिकांश पुरुष फोटो देख्दामात्र, स्पर्शमात्र गर्दा या कल्पनामात्र गर्दा पनि उत्तेजित हुन्छन् । अर्थात् चाँडैनै उत्तेजित हुन्छन् । तर, महिलाहरु यसरी चाँडै उत्तेजित हुँदैंनन् । उनीहरुलाई उत्तेजित गर्न सही वातावरण, समय र कामक्रिडाको जरुरत हुन्छ ।

सम्बन्धित समाचार

Advertisement