पुरुषले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले किन नहुने ?

अनलाइन दर्पण 2017-12-23
img

निरुपा प्रसून मूलत: महिलाभित्र देखा पर्ने दमित प्रेम र यौनलाई अक्षरमा उतार्ने लेखिका हुन् । अभिलासा (२०६३) कविता–संग्रह, अभिषेक (२०६६) उपन्यास तथा तिम्रो लोग्ने र म (२०७१) गरी ३ वटा पुस्तक बजारमा ल्याइसकेकी निरुपा पुराना कवि चितवन शिखरवासकी छोरी हुन् । कथा–संग्रह ‘तिम्रो लोग्ने र म’ बजारमा आएपछि उनी आलोचितसमेत भएकी थिइन् ।

प्रसिद्ध कथाकार मनु ब्राजाकीको कथा–संग्रह ‘तिम्री स्वास्नी र म’ कै शैलीमा लेखिएको ‘तिम्रो लोग्ने र म’ र उनको लेखनका विषयमा निरुपासँगको कुराकानी : मनु ब्राजाकीकै शैलीमा ‘तिम्रो लोग्ने र म’ लेख्नुपर्ने कुनै कारण थियो ? त्यो कथा मैले आफू किशोरी हुँदा पहिलो पटक पढेकी थिएँ । कथाको पात्र अर्काकी श्रीमतीसँग हाकाहाकी बेडसम्म पुगेको कुरा पढ्दा मेरा कान रातापीरा भएका थिए ।

लोग्नेमानिस कति सजिलै यस्ता कुरा लेख्न सक्छन्, स्वास्नीमानिसले यस्तो लेख्न सक्लान् ? कसले लेख्ला यस्तो कुरा भन्ने लागेको थियो । तैपनि मैले नेपाली साहित्यमा स्नातक गर्ने बेलासम्म त्यस्तो कुरा कसैले लेखेनन् । अरुले कहिले लेख्छन् भनेर कुरेर बस्ने कि आफैले लेख्ने ? भन्ने प्रश्न मनमा आयो । त्यसपछि आफैंले लेख्न थालें ।

यति विवाद र प्रशंसा होला भन्ने लागेको थियो ? त्यो कथा २०६८ सालको मधुपर्कमा प्रकाशित भयो । छापिनुअघि यति धेरै प्रतिक्रिया आउला भन्नेचाहिँ लागेको थिएन । नकारात्मक भन्दा सकारात्मक प्रतिक्रिया बढी पाएँ । स्वयं मनु ब्राजाकीले– ‘महिलाले महिलाका पक्षबाट कसैले यो कथा लेखोस् भन्ने चाहेको थिएँ, तपाईंले लेख्नुभयो । तपाईंलाई धन्यवाद र बधाई छ ।’ भन्नुभयो । लोग्नेमान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नीमान्छेले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? चर्चामा आउन पुरानै कुरा दोहोर्याएर लेखेको भनेर केहीले आलोचना नगरेका होइनन् तर ती कुरालाई मैले गौण मानेकी छु ।

सम्बन्धित समाचार

Advertisement