यौन सम्पर्क राख्नुअघि किन खानु हुँदैन यी चीज ? थाहा पाउन पुरा पढ्नुहाेस्

अनलाइन दर्पण 2017-12-24
img

यौन मानिसको लागी अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकता पुरा गर्नका लागी हामीले निकै ध्यान दिनुपर्दछ । तपाईको गलत भोजनले पनि यौन जीवनलाई नकारात्मक असर पार्न सक्छ । भोजन हाम्रो शरीरको लागि निकै आवश्यक हुन्छ । यसको उचित सेवनले मात्र हामीलाई पोषण मिल्छ । जब हामी भोजन गर्छौं तब ती चीजलाई वेवास्ता गर्नुपर्छ, जसले हाम्रो शरीरलाई नोक्सान पुर्याउँछ । यसकारण शारीरिक सम्बन्ध राख्नुअघि यी चीजहरूको सेवन भुलेर पनि गर्नुहुँदैन ।

सिमी

यसमा प्रोटीन र फाइबर भएता पनि यसले तपाईको पाचन प्रक्रियालाई बिगार्न सक्छ । जसले इन्टिमेट हुँदा तपाईको तनावलाई बढाउन सक्छ ।

रेड मीट

रेड मीट खाईसकेपछि तपाईलाई निन्द्रा लाग्छ किनभने रेड मीट निकै हेभी भोजन हुन्छ, जसलाई पचाउन धेरै समय लाग्छ । यसले तपाईको आनन्दलाई नष्ट गर्छ ।

जाँडरक्सी

जाँडरक्सी सेवन पश्चात् तपाईको संवेदनशीलतामा फरक पर्छ । यसको सेवनले शारीरिक सम्बन्धको आनन्दबाट बञ्चित गर्छ ।

पुदिना

पुदिनाको सेवनले तपाईको यौन क्षमतालाई कम गर्छ । यसकारण शारीरिक सम्बन्ध राख्नुअघि यसको सेवन गर्नुहुँदैन ।

फ्रेन्च फ्राइज

यौन सम्पर्क राख्नुअघि यसको सेवनले टेस्टोस्टेरॉन हार्मोन्सको स्तर निकै कम गर्छ । जसले तपाईको यौन जीवनमा नकारात्मक असर पार्छ ।

यौन सम्पर्क (SEXUAL INTERCOURSE) राख्दा शरीरमा के के हुन्छ ?

यौनसम्पर्कको सामान्यतया चार चरणहरू हुन्छन् उत्तेजना (Excitement), धारण (Plateau phase), चरम आनन्द (Orgasm), सम्पन्नता (Resoluton) को चरण ।

जब मानिसमा यौन चाहना आउँछ, त्यतिबेला स्नायु प्रणाली क्रियाशील हुन्छ । उत्तेजना हुँदा शरीरले एड्रिनलिन (Adrenaline) नामक हर्मोन बाहिर निकाल्छ । यसले मांशपेशीहरूलाई तन्काउँछ, श्वासप्रश्वासको गतिलाई बढाउँछ, रक्तप्रवाह बढ्छ र मुटुको धड्कनलाई छिटो र जोडदार  बनाउँछ ।

शरीरमा उत्तेजना बढेर एकदम गर्मी भए जस्तो लाग्छ । पुरुषको लिङ्ग फुलेर दरो हुन थाल्छ । अण्डकोषको छाला बाक्लो हुँदा सोहोरिएर शरीरमा टांसिन्छ । महिलाको स्तन भरिएर मुन्टो कडा हुन्छ । रक्तप्रवाह बढ्नाले योनीबाट चिप्लो पदार्थ बग्न थाल्छ । योनीका बाहिरी भाग भित्र पस्छन् र भित्री भाग फुलेर पैmलिन जान्छ । उत्तेजित भएको बेलामा भगाङ्कुर (Clitoris) को लम्बाइ र त्यसको आकार बढ्छ । लिङ्ग अटाउने गरी योनीको आकारमा वृद्धि हुन्छ । यो उत्तेजनाको चरण हो ।

त्यसपछि रक्तप्रवाह बढ्नाले लिङ्गको आकार बढ्छ र यसको रङ पनि गाढा बैजनी हुन्छ । योनीको भित्री भाग र स्तन दुवै फुल्दै जान्छन् । लिङ्गको घर्षणले गर्दा योनीमा दबाब बढ्छ र उत्तेजना प्रभावकारी हुन्छ । आँखाका नानीहरू फैलन थाल्छन्, श्वासप्रश्वासको गति बढ्नुको साथै नाकका पोरा फुलेर घाँटीको नसा स्पष्ट देखिन थाल्छ । यो धारणको चरण हो ।

धारणपछि चरम आनन्द प्राप्त हुन्छ । यति खेर अँगालो हाल्ने वा शरीरमा सुमसुम्याउने क्रियाकलाप एकदम बढेको हुन्छ र त्यसको लक्ष्यचाहिँ यौनसम्पर्कलाई तीव्र बनाउनु हो । मांशपेशीहरू कस्सिएका हुन्छन् र उत्तेजना जननेन्द्रियतर्फ केन्द्रित हुन्छ । बिस्तारै यो उत्तेजना सारा शरीरमा पैmलिन थाल्दछ । चरम आनन्द हुँदाखेरि मांशपेशीहरू स्वयं खुम्चिन्छन् । चरम आनन्दको अन्तिम अवस्थामा पुरुषको वीर्य स्खलन हुन्छ । पुरुषको बीर्य स्खलन हुनुभन्दा पहिले नै स्त्रीलाई चरम आनन्द प्राप्त भएन भने सम्पूर्ण यौनसम्पर्क क्रिया नै अपूर्ण हुन्छ । त्यसैले पुरुषले यौनसम्पर्क गर्दा स्त्रीलाई चरम आनन्द भइसकेको छ–छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

चरम आनन्दपश्चात् स्त्री– पुरुष दुवैलाई थाकेको अनुभूति हुन्छ । खडा भएको लिङ्ग बिस्तारैबिस्तारै शिथिल हुँदै गएर पहिलेकै अवस्थामा आउँछ । पिसाब गर्न मन लाग्छ । स्त्रीको योनी पनि बिस्तारैबिस्तारै आफ्नो पहिलेकै स्थितिमा आउँछ । भगाङ्कुर २० सेकेन्डमा र पाठेघर २० मिनेटमा आफ्नो सामान्य अवस्थामा आउँछन् जुन सम्पन्नता (Resoluton) को चरण हो

सम्बन्धित समाचार

Advertisement