ईन्टरनेट र टेलिफोन शुल्क बढ्दै

अनलाइन दर्पण 2018-07-15
img

काठमाण्डौं । विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्।

अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भने यसलाई राजस्वको स्रोतको रुपमा हेरेको देखिन्छ। सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी गरेका छन्।  आजको नागरिक दैनिकमा खबर छ ।

सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनी र दूरसञ्चार सेवा प्रदायकले साउन १ देखि मूल्य समायोजन गरेको बताएका छन्। यो मूल्य समायोजनसँगै मोबाइल डाटा प्याकसहित इन्टरनेट शुल्क १३ प्रतिशतले र टेलिफोन भ्वाइस कलको शुल्क दुई प्रतिशतले बढ्नेछ।

‘सरकारले इन्टरनेटमा थप शुल्क लगाउनु राम्रो होइन। यो प्रत्युत्पादक छ,’ सूचना तथा सञ्चार प्रविधि विज्ञ मनोहर भट्टराईले भने, ‘यो अन्तर्राष्ट्रिय मञ्चमा नेपालले गरेको प्रतिबद्धता विपरीत पनि हो।’

नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू), संयुक्त राष्ट्रसंघ लगायत मञ्चमा दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र दिगो विकासको आधार बनाउने भनेर प्रतिबद्धता जनाएको छ। 

सम्बन्धित समाचार

Advertisement