मोबाइल हरायो ? यसरी पत्ता लगाउनुहोस् कहाँ छ

अनलाइन दर्पण 2017-03-04
img

मोबाइल हराए वा चोरी भएका कारण समस्यामा पर्नु भएको छ ? यदी यस्तो समस्यामा पर्नु भएको छ भने त्यसलाई पत्ता लगाउने तरिका बारे सोचिरहनु भएको होला ?

मोबाइल  हराएको खण्डमा त्यसको आइएमइआइ नम्बरका आधारमा चोरी भएको मोबाइल कहाँ प्रयोग भइरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ । कुन नम्बरको सिमकार्ड प्रयोगकर्ताले मोबाइल चलाएको छ भन्ने पत्ता लाग्न सक्छ । यसले गर्दा तपाईको चोरी भएको मोबाइल भेटाउन सकिन्छ । 

मोबाइल फोनमा हुने आइएमइआई नम्बरबाट हराएको वा चोरी भएको मोबाइल कहाँ प्रयोग भएको छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको छ ।

मोबाइल ‘ट्रयाकिङ’ गरेर मोबाइल कहाँ छ भन्ने कुरा पत्ता लगाउन सकिने छ । 

मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर तपाईले सुरक्षित गर्नु भएको छ भने हराएको मोबाइल खोज्न सहज हुन्छ । 

यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न प्रहरीलाई सहज हुनेछ । 

तपाईले कसैको मोबाइल भेट्नु भएको छ र फिर्ता नदिने सोच्नु भएको छ भने त्यस्तो गल्ति नगर्नुहोस् किनकी तपाई प्रहरी खोरमा पर्नसक्नु हुनेछ । 

यदी मोबाइल हरायो र तपाईसँग आइएमइआई नम्बर छ भने प्रहरीकहाँ गएर उजुरी गर्नुहोस् । त्यसपछि प्रहरीले उक्त नम्बर कसले, कहाँ चलाएको छ पत्ता लगाउने छ र तपाईलाई दिनेछ ।

सम्बन्धित समाचार

Advertisement