अब हेल्मेटमा पनि एयरव्याग !

अनलाइन दर्पण 2018-09-07
img

काठमाडौं । सुरक्षाको दृष्टीकोणले दुईपाङ्ग्रे सवारी एकदमै असुरक्षित मानिन्छ । सडक दुर्घटना हुँदा मृत्यु हुनेमा धेरैजसो हिस्सा दुईपाङ्ग्रे सवारी चालकहरु रहने गरेका छन् । 

त्यसमा पनि टाउकोमा चोट लागेर मृत्यु हुनेको संख्या निकै धेरै रहेको छ । नेपालमा पनि बायक वा स्कुटर चलाउँदा अनिर्वाय हेल्मेट लगाउनु पर्ने ब्यवस्था गरिएको छ । त्यसो त केही बर्ष अगाडि सरकारले मोटरसाइकलको पछाडि बस्ने मानिसले पनि अनिर्वाय हेलमेट लगाउनु पर्ने ब्यवस्था गरेको थियो । पछि, त्यसको कार्यान्वयन भने हुन सकेन । 

हालै भएको क्रयास टेष्टमा यो हेल्मेटको प्रयोगमा सामान्य हेलमेटको भन्दा ४ गुणा सुरक्षित रहने देखाएको छ ।

अहिले नेपाली बजारमा विभिन्न थरिका हेल्मेटहरु उपलब्ध रहेका छन् तर, ति कति सुरक्षित छन् या छैनन् त्यसको मापदण्ड परिक्षण गरिएको पाईदैन । यस्तै खालको समस्याको न्युनिकरण गर्नको लागि इन्डिएन इन्स्टीच्युट अफ टेक्नलोजीका (आईआईटी)का विद्यार्थीहरुले एअरव्यागसहितको हेलमेटको विकास गरेका छन् । 

यो हावा भरिने हेल्मेटको विकास आईआईटीका मेकानिकल इन्जिनियरिङका तीन जना विद्यार्थीहरुले गरेका हुन् । यसको आईडिया हेल्मेटमा हुने खाली स्थानमा हावासहितको व्याग राख्न सकिने भन्ने छलफलबाट सुरु भएको हो । उनीहरुका अनुशार यसको व्यबसायिक उत्पादन सुरु भएपछि यसको मूल्य भारु २ हजार रुपैयाँको आसपासमा हुनेछ । 

सामान्य भाषामा भन्नुुपर्दा यसमा एक प्रकारको केभलर भन्ने कपडा प्रयोग भएको हुन्छ । यसमा प्रयोग भएको लिन एङ्गल सेन्सरको प्रयोगले  भेलोसिटी, एक्सलीरेसन आदिको आधारमा काम गर्छ । 

यसमा केही गरि इम्प्याक परेमा हेल्मेटको खाली स्थानमा हावा भरिएर हुन सक्ने हेड इन्जुरिलाई कम गर्छ । सामान्य हेल्मेटले दुर्घटनाको समयमा एकै स्थानमा पर्नसक्ने  प्रेसरलाई सबैतिर वितरण गरेर हेडइन्जुरी घटाउन नसक्ने भएकोले यसको विकाससँगै बाईक दुर्घटनामा हुन सक्ने मृत्युको दरलाई घटाउन सहयोग पुग्ने जनाइएको छ । 

हालै भएको क्रयास टेष्टमा यो हेल्मेटको प्रयोगमा सामान्य हेलमेटको भन्दा ४ गुणा सुरक्षित रहने देखाएको छ ।

 

सम्बन्धित समाचार

Advertisement