बिग्रिएको एलइडी लाइटलाई यसरी बनाउनुहोस् इमरजेन्सी लाइट

अनलाइन दर्पण 2019-08-25
img

घरमा एलइडी बल्ब बिग्रियो भने हामीहरु त्यसलाई फ्याक्ने गर्छौं तर बिग्रिएको बल्बको उपयोगितबारे हामीलाई ज्ञान छैन । त्यस्ता बल्बहरुबाट इमरजेन्सीमिा काम लाग्ने लेम्प बल्ब बनाउन सकिन्छ । यसलाई बनाउन आवश्यक पर्ने चिजहरुको मूल्य ८० रुपयाँभन्दा कम छ । साथै यसलाई बनाउने तरिका पनि सजिलो छ ।

यसलाई बनाउनका लागि एउटा बिग्रिएको एलइडी बल्ब र दुई साना बल्बहरु आवश्यक हुन्छ । साथै ३.७ भोल्टको एउटा ब्याट्री, अन अफ स्विच एउटा र कागजको गाता । यी सम्पूर्ण वस्तु र उपकरणहरुलाई संकलन गरेपछि यसलाई बनाउने तरिका सजिलो छ ।

सबैभन्दा पहिले कागजको गातालाई गोलो आकारमा काट्नुहोस र त्यसमा एलइडी बल्ब फिट गर्नुस् । त्यसपछि एलइडी बल्बको प्लस र माइनस तारलाई ब्याट्रीसँग जोडिदिनुस् साथै त्यसलाई अन अफ स्वीचसँग पनि जोडी दिनुस् र अन्त्यमा त्यसलाई फिट गरेपछि त्यसले तेजिलो प्रकाश दिन्छ ।

सम्बन्धित समाचार

Advertisement