ब्ल्याक होलको रहस्य पत्ता लगाउने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

अनलाइन दर्पण 2020-10-06
img

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे रहस्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई दिने घोषणा भएको छ । आज नोबेल पुरस्कार कमिटीले रोजर पेनरोज, रिनहार्ड गेनजेल र आन्ड्रिया गेजलाई २०२० को भौतिकशास्त्रतर्फको नोबल पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा गरेको हो ।

पुरस्कृत हुने रोजर बेलायतको अक्सफोर्ड विश्वविद्यालयका हुन् । उनले ब्ल्याक होलको तथ्यबारे पत्ता लगाएका थिए ।
स्वीडेनको रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसका सचिव गोरान के हानसनले यसलाई द डार्केस्ट सेक्रेट्स अफ युनिभर्स भनेका छन् । रोजरले पुरस्कारको आधा र बाँकी दुईले आधा राशी प्राप्त गर्नेछन् ।

पुरस्कारको राशी एक करोड स्वीडिस क्रोनर छ । गेनजेल जर्मनीको म्याक्स प्लान्क विश्वविद्यालयका हुन् । गेज क्यालिफोर्निया विश्विद्यालयकी हुन् ।-एजेन्सी l

सम्बन्धित समाचार

Advertisement