इतिहासकै जम्बो मन्त्रीपरिषद् बनाएको भन्दै, प्रधानमन्त्री देउवालाई माग्ने बुढाको खुला पत्र

अनलाइन दर्पण 2017-09-18
img

काठमाडौं। हाँस्यकलाकार केदार घिमिरे (माग्नेबुढा)ले प्रधानमन्त्रीलाई व्यंग्यात्मक पत्र लेखेका छन् । उनले इतिहासकै जम्बो मन्त्रीपरिषद् बनाएको भन्दै पधानमन्त्रीलाई व्यंग्य गरेका हुन् ।

सामाजिक संजाल फेसबुक मार्फत उनले प्रधानमन्त्री देउवालाई खुलापत्र लेखेका हुन् ।

यस्तो छ खुला पत्र:

सम्माननीय देउवा ज्यु, जय नेपाल !

हजुरको हाल के छ ? यता सबै बेश बेस छ ।

फेरि मन्त्रीमण्डल विस्तार हुने कुराले मन हर्षित भएको छ । ५० त पहिल्यै थिए । अब थप्दा ६० जति हुने रहेछ । अति उत्तम हजुर ।

एक थरि मान्छे बिरोधमा उफ्रिन थालिसके । उफ्रिदैमा कोहि ठुलो हुँदैन । त्यसरी ठुलो हुने भए जंगलको सबभन्दा ठुलो जनावर बाँदर हुन्थ्यो हजुर ।

६० जना मन्त्री हुँदाका फाइदाहरु के के छन् ? सकारात्मक कोणबाट केलाउन जान्न पर्यो नि होइन हजुर । उफ्रिनेहरु हो !  यहाँ पढ, के के छन् फाइदा ।

१. हाम्रो देशमा मन्त्री बस्ने टोलमा बाटो पिच हुने र बत्ती नजाने प्रचलन छ । अब कम्तिमा ६० वटा टोल विकशित हुने छ ।

२. अरु बेला जाम भए पनि मन्त्रीको सबारीको बेला ट्राफिक प्रहरीले बाटो खोलिदिने प्रचलन छ । अब ६० जना मन्त्री भएपछी सबै चोकमा कोहिन कोहि मन्त्रि भेटिन्छन, यसले जाम खोल्न ठुलो सहयोग मिल्छ ।

३. ६० जना मन्त्री भएपछी ६० वटा त महंगा गाडी चाहियो । ति गाडी बेच्नेले नाफा पाए । तिनको आर्थिक उन्नती भयो । बर्षेनी विकाशमा खर्च हुने कति रकम फ्रिज भइरहेको छ । त्यो रकम गाडी किनेर सदुपयोग भयो ।

४. अहिले सम्म आफ्नो मान्छे मन्त्री नहुँदा कतिलाई विरक्त लागेको थियो होला ।अब हेर्नोस, कसैका ज्वाई मन्त्री भए, कसैका भिनाजु मन्त्रस् भए, कसैका दिदी मन्त्री भए परिवारमा कस्तो खुशी छायो । अब दशैंमा ससुराली जाँदा टक्क झण्डा सहितको गाडी घर अगाडी लगेर रोकेर टिका लगाउदा कस्तो मज्जा हुन्छ । पहिले नमस्कार गर्न नि गाह्रो मान्ने ससुराले मोजा सहितको खुट्टामा ढोग्दा कति रमाईलो हुन्छ।

५. बर्षौ देखि राजनीति गर्दा पनि आफ्ना कार्यकर्तालाई गतिलो ठेक्का पार्न नपाउदा कति पिडा थियो । अब बल्ल पिडामा मलम लगाउन पाइने भएको छ ।

६. भद्रकालीमा झण्डा बेच्ने पसल छ । ६० वटा झण्डा एकै चोटी बिक्दा, त्यसबाट आउने कर सरकारको ढुकुटीमा आउँछ र देशको आर्थिक उन्नति हुन्छ ।

७. मन्त्री हुँदा दौरा सुरुवाल कोट टोपी टल्किने जुत्ता लगाएतको सामग्रीको पनि बिक्रि बढ्दा देशलाई आर्थिक टेवा पुग्छ ।

८.  हुलमुलमा मन्त्री बनाउदा टोले गुन्डाका आफन्त, डनका आफन्त पनि मन्त्री हुने सम्भाबना हुने हुँदा तिनले अब मन्त्रालयमै अखडा जमाउन पुग्दछन र टोलमा हुने दादागिरी कम भई शान्ति सुरक्षामा योगदान पुग्ने छ ।

९. मन्त्रीमण्डल ठुलो बनाउँदा बिपक्षी दलको मनोबल कमजोर भइ कुर्सीमा बेला बेला जाने भुइचालो मत्थर हुन्छ ।

कुरो नबुझी उफ्रिनेलाई पुग्नेगरी भन्दिँए नि हजुर । अन्तमाः अशोज ११ गते आरजु म्याडमलाई पनि लिएर हलमा आइसेला । सँगै बसेर ‘छक्का पन्जा २’ हेरौंला हजुर ।

सम्बन्धित समाचार

Advertisement