थाहा पाई राखौ : एप्पलको लोगो आविष्कारको कथा

अनलाइन दर्पण 2016-12-05
img

एजेन्सी । एप्पल कम्पनिको हरेक उत्पादनमा हामीले उसको लोगो देख्ने गरेका छौं । त्यो लागो अरुको भन्दा अद्भुत र अनौठो देखिन्छ । देख्दा अनौठो यो लोगो हाम्रो समाजमा प्रतिष्ठाको सूचक पनि मानिन्छ । यही लोगो फोन अर्थात आइफोन बोक्नेहरुलाई हाम्रो समाजमा सम्पन्न मानिन्छ ।

खासमा कहाँ बाट आएको थियो त यो लोगो ? कसरी सिर्जना भएको थियो यो लोगो ? यसको कहानी यो लोगो जस्तै केही अनौठो छ ।   केही समय पहिले एक जना एलन मेथसिन नामका कम्प्युटर वैज्ञानिक थिए । जसले जर्मनको कोड ह्याक गर्ने मेसिन बनाएका थिए जसको नाम ट्युनिङ मेसिन थियो । त्यसपछि उनलाई सरकारले विभिन्न सजाय सुनाएको थियो, शारिरिक र मानसिक दुवै ।   भनिन्छ सरकारले दिएको सोही तनावकै कारण उनले आत्महत्या गरे । उनको आत्महत्या शैली पनि निकै फरक थियो ।   उनले एउटा स्याउमा साइनाइट हालेर खाएका थिए । एककपटक टोकेको साइनाइट युक्त स्याउलाई उनले टेबलमा त्यत्तिकै छोडेका थिए ।   धेरै वर्षपछि दुई व्यापारीहरु आफ्नो कम्प्युटरका लागि लोगोको खोजीमा थिए, तब उनीहरुलाई एलनको नाम स्मरणमा आयो । त्यसपछि उनीहरुले एलनलाई श्रद्धात्तजली दिंदै र उनको सम्मानार्थ उनले अन्तिमपटक टोकेर छोडेको स्याउलाई लोगो बनाउने निर्णय गरे । र आज त्यही स्याउको आकृति नै एप्पलको लोगो बनेको बताइन्छ ।  

तर एप्पल कम्पनीले भने यो भनाईलाई इन्कार गर्दै आएको छ । कम्पनीका अधिकारीहरुका अनुसार एलनको स्याउसँग लोगोको कुनै सम्बन्ध नै छैन । एप्पलले आफ्नो लोगोलाई बाइबलमा उल्लेख गरिएका पात्र एडेम र इभ, स्नोह्वाइट र न्युटनको कथाबाट प्रभावित भएको र आफ्नो सिर्जना मौलिक भएको दावी गर्दै आएको छ । 

सम्बन्धित समाचार

Advertisement