गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदै

अनलाइन दर्पण 2016-09-27
img

११ असोज,

 सर्च इन्जिन गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदैछ । कम्पनीले आफ्नो जन्मदिनको अवसरमा डुडल पनि बनाएको छ । जसमा गुगलको G ले बेलुन फुकेर अरु अल्फाबेट बनाएको छ भने बेलुनसँगै गुगल पनि आकाशमा उडेको छ । गुगलले सेप्टेम्बर २७ तारिखलाई आफ्नो जन्मदिन भनेपनि अरु ६ वटा दिनमा पनि गुगलले आफ्नो जन्मदिन मनाएको छ । 

गुगल डट कम डोमेन दर्ता भएको मितिलाई मान्ने हो भने गएको सेप्टेम्बर १५ तारिखमा गुगल १९ वर्ष पुगेको छ । गुगलले यसअघि सेप्टेम्बर ७, ८, २६ र २७ तारिखलाई पनि आफ्नो जन्मदिनको रुपमा मनाएको थियो ।

Related Post

Advertisement