काठमाडौं, यतिवेला नेकपा (माओवादी) का महासचिब नेत्रविक्रम चन्द विप्लवमाथि चौतर्फि प्रहार भएको छ । राजनीतिमा उनको बढ्दो चार्मिङ र संगठनमा देखिएको तिब्र बिकासले विप्लवमाथिको प्रहार वढेको हो । उनका विरोधिहरुले सुरुमा विप्लवले माहौल खडा गर्ने तर त्यसलाई मुर्तरुप दिन नसक्ने आरोप लगाएका थिए । त्यसपछि उनीमाथि महत्वाकाँक्षाको घोडामा सवार देखि युद्धप्रिय जस्ता आरोप लागे ।
गुटबाद र फुटबादका अनगिन्ती आरोपहरु छिचोल्दै मुलुककै शक्तिशाली पार्टी निर्माणमा उनको हैसियत देखा पर्न थालेपछि विरोधिहरु थप आँत्तिएका छन् । समानान्तर सत्ता, संविधान र न्यायलयको घोषणा गरेका विप्लवले सेना पनि बनाउदै छ भन्ने हल्ला फैलिदै गर्दा काठमाडौंमा महाधिवेशनको उद्घाटन र रोल्पामा वन्दसत्रले सबै खेमाका बिरोधिहरु हतोत्साहि भएर भ्रमको खेतीमा जुटेका हुन् केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिब गुणराज लोहनीले भने ।
उनले थपे हामी त्यसको खण्डनको तयारीमा छौं ५० लाखको मोटरसाइकल र जग्गाका भ्रमपूर्ण समाचारले हाम्रो आन्दोलनलाई केहि फरक पार्दैन । केहि सीप नलागेपछि षड्यन्त्रकारीहरु भ्रमपूर्ण आरोपको अफिम खेतीमा लागेको विप्लव निकटस्थहरुको दावी छ । जनयुद्ध देखि अहिलेसम्म माओवादी नेताहरुमध्य सबैभन्दा वढी पारदर्शि जीवन जीउने मध्यका विप्लवमाथिका यस्ता आरोपहरु दुई दिन टिक्न सक्दैनन् कार्यालय सचिब लोहनीको वुझाई छ ।
यसअघि पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा लगायत नेता र कार्यकर्ता पंक्तिमाथि लगाउँदै आएका झुट्टा आरोपहरुको श्रृङ्खलाकै निरन्तरता स्वरुप यो हल्ला फिजाइएको माओवादी पंक्तिको वुझाई रहेको छ । राजनीतिक, वैचारिक र सांगठनिक रुपमा नेकपा माओवादीसंग पराजित भइ आँत्तिएकाहरु गोयबल्स शैलीका भ्रामक प्रचारबाट आत्मरति लिन लागेको पनि लोहनीले वताए । यस्ता समाचारसंग कुनै छेऊ टुप्पो र साइनो नभएको लोहनीको भनाई छ ।
कुनै समय साधारण मानिस असाधारण बन्न थालेको देखेपछि दृष्य, अदृष्य श्रीपेच पहिरेकाहरु आत्तिने परम्परा नयाँ होइन । हिजो नपत्याउनेहरुले आज इष्र्या र डाहले विभिन्न मिथ्या आरोप लगाउदै हाम्रो पार्टीको प्रगति रोक्ने कोसिश गरेका छन् राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्लले भने । उनले थपे महाधिवेशनबाट रकम संकलन, खर्च र आयब्यय विवरण पेश गर्ने निकाय एउटै हुनु हुँदैन जस्तो लाग्छ भनेर महासचिव अझ पारदर्शीतामा जोड दिइरहनु भएको छ । यो वेकारको हल्ला हो । यसियन समाचारबाट