एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा हुँदैन : गगन थापा

अनलाइन दर्पण 2018-01-31
img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने बताएका छन् । बुधबार नेपाली कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा बाेल्दै उनले एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको दाबी गरे । उनले भने ‘एमाले इज अ प्राइभेट लिमिटेड ।’

एमाले अध्यक्ष केपी ओलीले केही दिनअघि कालोधनलाई एक पटक ठाउँ दिनुपर्छ भन्ने अभिव्यक्ति दिनुको पछाडि खतरनाक षड्यन्त्र भएको समेत थापाले बताए । ‘यो खतरनाक ट्रेलर मात्र हो, अरु थुप्रै कुराप्रति कांग्रेस जुध्दै अघि बढ्नुपर्ने हुन सक्छ’ उनले भने ।

नेपालका सबै कम्युनिष्ट पार्टीहरु बीपीकै बाटोमा आएकाले कांग्रेसले गौरव गर्नुपर्ने थापाले बताए । ‘मार्क्स, लेलिनको झण्डा र नारा बोक्नेहरु बीपीको राजमार्गमा आएका छन्, कांग्रेसले परिकल्पना गरेको राज्यब्यवस्था र आयामहरुमा मुलुक र सबै दल समेटिएका छन्’ उनले भने, ‘राजनीति हामीले जित्यौ, तर चुनाव हार्‍यौं, त्यसैले यो सेलिब्रेट गर्ने बेला हो,आत्म निन्दामात्र नगरौं गौरव गरौं ।’

सम्बन्धित समाचार

Advertisement