काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यसअघि २०६५ सालमा रक्षामन्त्री भएका थिए । २०६४ सालको संविधानसभा चुनावमा बादल चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए भने अहिले भने राष्ट्रियसभा सदस्य हुन ।
दोस्रो संविधानसभाको चुनावमा माओवादीमा आएको फुटका कारण बादलको तत्कालीन पार्टीले चुनाव बहिष्कार गरेको थियो ।
उनले मोहन वैद्य नेतृत्वको माओवादीमा रहेर चुनाव बहिष्कार गरेका थिए। तर अघिल्लो वर्ष उनले प्रचण्डसँग एकता गरेका थिए । एकता भएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र बनेको हो । एमालेसँगको जारी एकतामा पनि बादलको महत्वपूर्ण भूमिका रहेकाेछ ।
उनलाई राष्ट्रियसभाको सदस्य बनाउने प्रस्ताव एमाले नेताले नै राखेका हुन् । बादललाई राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी भए पनि उनले मन्त्रीमा इच्छा देखाएाक हुन।
राष्ट्रियसभामा बादलको जित अनिश्चित बनेपछि एमालले आफ्ना उम्मेदवार बेदुराम भुषालको उम्मेदवारी फिर्ता लिएको थियो ।
रामबहादुर थापा बादल माओवादी जनयुद्धका प्रमुख रणनीतिकार पनि हुन् । उनले तत्कालीन सोभियत संघबाट उच्च शिक्षा हासिल गरेका हुन ।
२०६५ सालमा थापा रक्षामन्त्री भएकै बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन प्रधान सेनापति रुक्मांगद कटुवालबीचको विवाद चरम उत्कर्षमा पुगेको थियो ।