ने बि संघलाई महाधिबेसन उन्मुख बनाउन बर्तमान केन्द्रीय समितिलाई शाहको सुझाव

अनलाइन दर्पण 2018-04-30
img

उदयपुर। नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ॠषिकेश जंग शाहले ने बि संघलाई महाधिबेसन उन्मुख बनाउन बर्तमान केन्द्रीय समितिलाई सुझाव दिएका छन्।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले जती बर्ष लगानी गरेको छ अहिले कुल जनसंख्याको त्यती नै प्रतिशत बामशक्ति तयार भई सक्यो भन्दै शाहले बाक़ी रहेको २५/३० % लाई बढ़ाऊँन की घटाऊँन हामी उद्दत छौ र सबैले आत्म समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक संजाल मार्फत धारणा सार्वजनिक गर्दै पुर्व उपाध्यक्ष शाहले नेपाली कांग्रेस पराजित भएको यो अवस्थामा मूलकमा ७०% पुगेको बामपन्थी शक्ति संग प्रतिस्पर्धा गर्न योग्य कांग्रेस आत्मीयता सहितको आपसी एकता र आत्मअनुशासन सहितको सहकार्यले मात्र संभव रहेको भन्दै सबैले सम्यमता अपनाउनु उपयुक्त हुने पनि बताएका हुन्।

सम्बन्धित समाचार

Advertisement