आगामी निर्वाचनमा एमालेले दुई तिहाई बहुमत ल्याउने सचिव भट्टराईको दाबी

अनलाइन दर्पण 2017-02-18
img

भक्तपुर, । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगश भट्टराईले एमालेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने  दाबी गरेका छन  । 

 रफत सञ्चार क्लवद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पदमा  बस्नुको औचित्य नभएको समेत बताए ।

संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरु वा दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिँर्दै चुनाव नगर्ने हो भने सरकारमा बस्नुको औचित्यता नभएको उनको भनाई छ । 

संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको उनको टिप्पणी छ ।

 मुलुकको राजनीतिक स्थायीत्वको लागि समय अवधिभित्रै तीन तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्नेमा सरकारले आलटाल गरिरहेको र यो सबैका लागि घातक रहेको बताए ।

एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केहि फरक नपर्ने उनको भनाई छ । उनले भने निर्वाचन नै सबैको मेलको बिन्दु भएकाले यसको बिकल्प अन्य छैन।

सरकारले जेठसम्म निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचन मिति घोषण नगर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उनको भनाई छ ।

आगामी फागुन २१ गतेदेखि एमालेले मेची महाकाली जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै एमालेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने समेत दाबी गरे । उनले एमालेको लोकप्रियता देखेर कुनै पनि राजनीतिक शक्तिलाई नआत्तिनसमेत आग्रह गरे ।

सम्बन्धित समाचार

Advertisement