सिन्धुपाल्चोक कांग्रेसका करिब एक दर्जन व्यवसायी एमाले प्रवेश

अनलाइन दर्पण 2017-02-18
img

७ फागुन । प्रजातन्त्र दिवसका दिन सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ तातोपानी एरियाका प्रतिष्ठित व्यवसायीहरु नेपली कांग्रेस पत्यिाग गरी नेकपा (एमाले) प्रवेस गरेका छन् ।
ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शनिबार नेकपा (एमाले) प्रदेश नम्बर तीन सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा उनीहरुले एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव एवं प्रचार विभाग योगेश भट्टराई लगाएतले टिकालगाएर स्वागत गरे । एमाले प्रवेश गर्नेहरुमा कुमार श्रेष्ठ, पदमबहादुर मगर, मिङ्पुर शेर्पा, नेत्रबिक्रम पौडेल, महेन्द्र पौडेल, बिष्णु श्रेष्ठ, पेम्बा शेर्पा, पेम्नुर्बु शेर्पा र तेन्जिङ शेर्पालगायत छन् ।

सम्बन्धित समाचार

Advertisement