नेविसंघद्वारा मूल्यवृद्धि फिर्ता लिन माग, २६ र २७ गते सबै जिल्लामा मसाल जुलुस निकाल्ने

अनलाइन दर्पण 2018-06-08
img

काठमाडौं,२५ जेष्ठ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि विद्यार्थीहरुले शुक्रबार उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघले विरोधस्वरुप उपत्यकालगायत मुलुकका सबै क्याम्पसअगाडि विरोध प्रदर्शन गर्नु परेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए ।

‘पेट्रोलियम पदार्थमा भएको पटक-पटकको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको छ, जनजीविका अत्यन्तै कस्टकर भएको छ, त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने हाम्रो माग हो’-उनले भने ।

यस्तै जेष्ठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पसअगाडि सरकारी तथा संस्थानका सवारी-साधन गुड्न नदिने कार्यक्रम विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

Advertisement