अंगद यादव
नवलपरासी पश्चिम १३ साउन । नवलपरासी पश्चिम प्रतिनिधि सभा १ का सदस्य तथा पुर्व मन्त्री हृदयेश त्रिपाठीले ८२ प्रतिशत किसानलाई उपेक्षित गरेर १८ प्रतिशतमा समवृद्धको नारा लगाएर देश कहिले पनि समवृद्ध बन्न सक्दैन बताउनु भएको छ ।
सरकार नारामा मात्रै सिमित रहन्छ वहाको दाबी छ ।
उखु किसानले आफ्नो खेतमा लगाएको उखु बाली चिनि मिलमा पुरयाए पनि पन्ध्र दिन भित्र भुक्तानी पाउनु पर्नेमा चिनि मिलले एघार महिना विति सक्दा पनि किसान लाई भुक्तानी नदिएको अनलाइन दर्पणसँगको कुराकानीमा त्रिपाठीले बताए ।
चिनिमा लाग्ने ९० प्रतिशतको कर सरकारले छुट दिइ सक्दा पनि मिलले भुक्तानी दिन अटेर गरिरहेका छन् । उहाँहरुको माग अनुसार विदेशबाट आउने चिनिमा १५ प्रतिशत लाग्ने कर बढाएर ३० गरिएको त्रिपाठीको दाबी छ ।
देउवा सरकारको समयमा समर्थन मूल्य निर्धारण नगरे पनि वर्तमान सरकार गत साल सरकारले तोकेको मूल्य ५३१.३० बाट बढाएर ५३६.५६ समर्थन मूल्य निर्धारण गरेको छ ।
किसानहरुको लगभग ९ अरब भन्दा बढी रकम भुक्तानि दिन बाकी रहेको छ र उखु मिलमा गिराएको एघार महिना सम्म भुक्तानि नपाउदा बैक द्वारा किसानले लिएको ऋण समयमा दिन नसक्दा किसान ऋणमा डुबेर तथा बैकहरुको ताकेताको कारण किसान आत्महत्या गर्न बाध्य हुन सक्नेमा चिन्ता समेत व्यक्त गरे ।
चिनि मिलका मालिकहरुले अहिले सरकारबाट लिने सबै सुबिधा लिइरहेका छन । बिदेशबाट आयात गर्ने चिनि माथि रोक लगाइ रहेको छन । जुनबेला बिदेशमा चिनिको मूल्य बढदै थियो त्यसबेला रोके भनि बढि मूल्य पाईन्छ । केही समय पछि बिदेशमा चिनिको मूल्य घटन थालेपछि बेचन सकेनन् । पहिले बेचेन अब वेचन सकेनन् ।
मिल मालिकहरुले चिनि आफ्नो स्टाँकमा देखाएर बैकबाट देखाएर बाट ठुलो धनराशिमा ऋण लिएका छन । चिनि देखाएर बैकबाट लिएका रकम आफ्नो अरु कारोबारमा लगाएका छन तर किसानलाई दिनुपर्ने रकम दिएका छैनन् । किन कि किसान असहाय र बाध्य छन । किसानको रकम समयमा भुक्तानि गर्नका लागि एउटा स्थायी किसिमको मूल्य निर्धारण आयोग गठन गर्नु पर्ने हृदयेश त्रिपाठी ले बताएका छन ।
यसैगरी नवलपरासीमा मात्रै उखु किसानलाई ४५ करोड मिलले भुक्तानी दिन बाकी रहेको छ ।