काठमाडौं, १८ साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन् ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका कारण रिक्त मन्त्री पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।
नव नियुक्त मन्त्रीकाे सपथ साढे ४ बजे हुने तय भएको छ ।