यी हुन ओली सरकारका ५ महिने उपलब्धि, मुख्य काम सुनतस्कर माथिको कारबाही !

अनलाइन दर्पण 2018-08-13
img

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ ।

सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ ।

सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ ।डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषयलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कबि्रज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ ।
सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि जनाइएको छ । भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धीमा राखेको छ ।

हेर्नुहोस् सरकारको उपलब्धी

 

सम्बन्धित समाचार

Advertisement